मुख्यमन्त्रीको टोली राहतसहित मनाङमा



नेपाल समाचारपत्र, काठमाडौं ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको टोली राहत सामग्री लिएर मनाङ पुगेको छ । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमागएको बाढीपहिरोले पु-याएको क्षतिको अवलोकन र स्थानीयकालागि राहत सामग्रीलिएर मुख्यमन्त्री सहितको टोलीमनाङ पुगेको हो ।

बिहीबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमा मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ रसांसद चिन्तबहादुर घलेसहितको टोली बाढीबाट प्रभावितचामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिपाल, चिउरा, औषधि, चाउचाउ लगायत सामग्री लिएर मनाङ गएको हो ।बाढीले मनाङको चामेबजार, नासोँ गाउँपालिकाको ताल गाउँलगायतका आधादर्जन बढी ठाउँमा क्षति पु-याएको छ । ताल गाउँयति बेला साँच्चै तालमै परिवर्तन भएको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले धारापानी बाथोचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासोँ गाउँपालिकाको कार्यालय भवनर सीमाप्रहरी चौकीको भवनसमेत बगाएको थियो । बाढीपहिरोबाट मनाङमा एक हजार भन्दा बढी विस्थापित भएको प्रारम्भिक अनुमान छ ।पाँचदर्जन घरमा क्षति पु-याएको, पाँचवटा झोलुङ्गे पुल, तीनवटा काठे पुल र एउटा बेलि ब्रिज बगाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पोखराबाट राहत सामग्री, त्रिपाललगायत सामग्री लिएर गएका मुख्यमन्त्रीले त्यहाँका प्रमुख जिल्लाअ धिकारी, नेपाली सेना तथा प्रहरीलगायत सुरक्षा निकायसँग आवश्यक जानकारी लिँदै उद्धारका लागि कुनै पनि कमी नराख्न निर्देशन दिनु भएको थियो । यसैगरी,प्रदेश सरकारका तर्फबाट खाद्य सामग्रीसमेत हेलिकोप्टरमा लगिएको छ ।प्रदेश सरकारले उद्धारमा सहयोग गर्न कसर नराख्ने भन्दै उहाँले निर्धक्कका साथकाम गर्न प्रजिअतथा सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो ।

प्रदेशविपद् कोषमापाँच करोड

यसैबीच,गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोडमा रुपियाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरूमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद्व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई विपद्मा उद्धार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन दिनुभयो । बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री बहाली भएकै दिनमा भएको निर्णयअ नुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन पनि उहाँले निर्देशन गर्नुभएको छ ।

 उद्धार र राहतलाई प्रभावकारी बनाउन माग
विपक्षी गठबन्धनले बाढी, पहिरो र डुबानपीडित जनताको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । गठबन्धनले राहततथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरूलाई आह्वानसमेत गरेको छ।

‘इमानदारी, तदारुकता र पारदर्शीरूपमा राज्यका सम्बन्धित सबै निकायतथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रहगर्दछौं’ – विपक्षी गठबन्धका तर्फबाट जारी वक्तव्यमा भनिएको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले वरिष्ठ नेतामा धवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउनमाग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्