मेलम्ची बाढीका २० बेपत्ताको पहिचान



नानी रामनेपाल, सिन्धुपाल्चोक ।

मेलम्ची मुहान क्षेत्रको पहिरो र त्यसपछिको मेलम्ची बाढीमा परी २० जना बेपत्ताभएको प्रहरीले आधिकारिक जानकारी दिएको छ । बाढीमा परी हेलम्बु गाउँपालिका र मेलम्चीनगरपालिकामा २० जना बेपत्ता भइरहेका छन् । एक जनाको मात्रशव फेला परेको छ ।बेपत्ता हुनेमा तीनभारतीय र तीन चिनियाँ नागरिक रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ की ६५ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का ३५ वर्षीय चेङा तामाङ र चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल छन् ।

त्यसैगरी, हेलम्बु–६ का ५० वर्षीय च्याङ्गा तामाङ, ४० वर्षीया काली तामाङ, हेलम्बु–३ की ५० वर्षीया साइँली तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका घोर्थलीका १९ वर्षीय देव खत्री, घोर्थलीकै १७वर्षीय रामथापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमलखत्री, रेशमलालकार्की, होमराज घिमिरे, भारतीय नागरिक कमललोचन महतो, विजयवा सुमन्तरी, जिनडाओ वासु मन्तरी बेपत्ता छन् । चिनियाँ नागरिक सन यु चुवान, यु भि झु र गोड टियानछियो पनि बेपत्ता रहेका छन् । बेपत्ताको उद्धार खोजीकार्य जारी छ ।बाढीले मेलम्ची–इन्द्रावती करिडोरका विभिन्न स्थानका चार पक्की पुल बगाएको छ । हेलम्बु गाउँपालिका–१ स्थिततिम्बु, हल्दे र नागोटेमा रहेको तीनवटा पुल बगेका छन्भने मेलम्चीनगरपालिका १० र ११ जोड्ने पक्कीपुलपनि बाढीले बगाएको छ ।

हेलम्बु गाउँपालिकाको एकनम्बर वडा र ६ नम्बर वडा जोड्ने झोलुङे पुल बाढीले बगाएको छ । हेलम्बु दुई र ६ जोड्ने झोलुङे पुलपनि बगेको छ भने हेलम्बु–१ स्थितचिउरीखर्क र सोही वडामा अर्को एउटा झोलुङे पुलपनि बाढीले बगाएको छ । हेलम्बु स्थितति पेमा रहेको झेलुङ्गे पुलपनि बाढीले बगाइदिएको छ ।बाढीले हेलम्बु गाउँपालिकामा सात वटा ट्राउट माछा फार्म पूर्ण रूपमा क्षतिभएका छन् । बाढी पहिरोबाट हेलम्बु–मेलम्चीमा कति क्षति भएको छ अझै यकिन हुन भने सकेको छैन ।बाढीका कारण मेलम्ची र हेलम्बुका एक हजार परिवार विस्थापित भएका छन् । उनीहरूका लागि राहत र अस्थायीबासको व्यवस्थापनमा जिल्ला समन्वय समितिका सभा पति गोपाल तामाङको नेतृत्वमाविशेष संयन्त्र नै गठन गरी कार्य अघि बढाइएको छ ।

सभामुखअग्नि सापकोटा,स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ, प्रदेशमन्त्री सरेश नेपालसहित प्रदेश सांसदहरू राहत संकलन र वितरणमा जुटिरहेका छन् ।काठमाडौंको खानेपानी अभाव पूर्ति गरिदिने मेलम्ची र हेलम्बु भेग पीडामा पर्दा काठमाडौंले दुई करोड सहयोग गर्ने भएको छ । बाढीपहिरोग्रस्त हेलम्बु र मेलम्चीमाभौतिकनिर्माणका लागि काठमाडाै महानगरले दुई करोड दिने निर्णय गरेको हो । कागेश्वरी मनोहरा नगरपालिकाले पनि मेलम्ची र हेलम्बुलाई १०-१० लाखदिने भएको छ ।  काभ्रेस्थितनमोबुद्ध नगरपालिकाले तीन लाख तीन हजार तीन सय ३३ रुपियाँ सहयोग प्रदानगर्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले हेलम्बु र मेलम्चीलाई तीन–तीनला खदिने निर्णय गरेको छ । मेलम्चीका पीडित विस्थापितलाई नेपाली सेनाको कालीजंग गण र स्थानीय इन्द्रेश्वरीमा विमा गाँसबासको व्यवस्थापन गरिएको छ । राहतका प्याकेज मेलम्चीमामात्र केन्द्रित हुँदा हेलम्बुमा भने आवश्यकता अनुसार राहत सामग्री पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्