बाढीपहिरोमा परी आठको मृत्यु, ८३ को उद्धार



नेपाल समाचारपत्र, काठमाडौं

अविरल वर्षाका कारण देशकाविभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा चार, पाल्पामा एक, कास्कीमा एक, डोटीमा एक र सप्तरीमा एक जना रहेका छन् ।

बाढी तथापहिरोमा परेका सिन्धुपाल्चोकमा ८०, कास्कीमाएक, पाल्पामा एक र स्याङ्जामा एक गरी जम्मा ८३ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । अझै सिन्धुपाल्चोकमा १३ र जाजरकोटमा सात गरी २० जनाबेपत्ता छन् । बेपत्ता भएकामध्ये १५ पुरुष र पाँचमहिला छन् भने उनीहरुकोे खोजीकार्य जारी छ ।बिहीबारसम्म१२ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीयअस्पताल लगिएको छ ।

प्रहरीले पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक सुचारू गराएको छ ।बाढीका कारण एक सय ६५ वटा घर डुबानमा परेका छन् । ७४ वटा घर, पाँचवटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८० घरपरिवार विस्थापितभएका छन् भने चार सय ९२ वटापशु चौपायाको मृत्यु भएको छ । अविरल वर्षाका कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटानजस्ता विपद् जन्य घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्