काठमाडौंमा थप ४१७ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १२१ र भक्तपुरमा ३६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसँगै उपत्यकाका तीन जिल्लामा गएको चौबीस घण्टामा ५०७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

हालसम्म काठमाडौंमा सङ्क्रमित हुने दुई लाख ४९६ पुगेको छ । ललितपुरमा हालसम्म ३६ हजार ४५९ र भक्तपुरमा हालसम्म २१ ह्जार ६६९ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्