पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै कोरोना संक्रमणबाट आज थप ३९ जनाको मृत्यु भएको छ भने २१४१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्