मेलम्चीको बाढीमा बेपत्तामध्ये ४ जना सम्पर्कमा, थप एक शव फेला



न्युज अफ नेपाल ,काठमाडौं ।

तीन दिन लगातार वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा बेपत्ता भएका २० जनामध्ये चार जना सम्पर्कमा आएका छन् ।

आज बिहान एक जनाको शव पनि फेला परेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अझै पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत २ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भएका छन् ।

यसअतिरिक्त अरु ८ जना स्थानीय सम्पर्कबिहीन भएको प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनीहरुको खोजी जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्