खनालको स्वास्थ्य अवस्था गम्भीर

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह



काठमाडौं, (नेस) । 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागिभारतको राजधानी नयाँदिल्ली लगिएको छ ।कोरोना संक्रमणपछि थपअस्वस्थ्य रहनु भएका पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेताखनालको छाती र मिर्गौलामा गम्भीर समस्या देखिएपछि बुधबार दिल्ली लगिएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गतवर्षदेखि नै बिरामी पर्दैआउनुभएका नेताखनालको अघिल्लो वर्ष नै मिर्गौलामा समस्याआएको भन्दै दिल्लीस्थित अपोलो अस्पतालले मिर्गाैला प्रत्यारोपण गर्न खनाललाई सुझाव दिएको थियो । तर,उहाँले मिर्गौला प्रत्यारोपण गर्नेबारेमा केही बताउनु भएको थिएन ।खनालको स्वास्थ्यस्थितिलाई लिएर नेकपाएमालेका नेताहरू पछिल्लो समय चिन्तितबन्दै आएका छन् । अक्सिजन सपोटबिना बस्ननसक्ने अवस्थामा पुग्नु भएका खनाललाई उपचारका लागिनर्भिक अस्पतालमा भर्ना गरिएकोमा नेपालमा भन्दा भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार राम्रो हुने भन्दै परिवारको सल्लाहमा दिल्ली लगिएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।पोस्ट कोभिडका कारण अस्पतालभर्ना गरिएको भएपनि मिर्गौलामा गम्भीर समस्या देखिएपछि उहाँलाई दिल्ली लगिएको नेकपा एमालेका एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए ।नर्भिक अस्पतालका अनुसार खनालको फोक्सोमा पानी जमेको, ब्लड र पिसाबमा इन्फेक्सन देखिएको र ज्वरो एक सयबाट तल नझरेपछि समस्या बढ्दै गएकाले थप उपचारका लागि दिल्ली लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अब अपोलो अस्पतालले उहाँको मिर्गौला प्रत्यारोपण गर्ने वा डाइलसिस गर्ने भन्नेबारेमा निर्णय गर्ने बताइएको छ । नयाँदिल्ली जानुअघि उहाँले पार्टीभित्र देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष केपीओली र महासचिव ईश्वर पोखरेललाई आग्रहसमेत गर्नुभएको छ । खनालले पार्टी अध्यक्ष ओलीलाई टेलिफोनमार्फत संवादगर्दै एकताको पक्षमा लाग्नआग्रह गर्नुभएको थियो । उहाँले महासचिवपोखरेललाई भने अब पार्टी सञ्चालन गर्ने जिम्मातपाईंहरूको काँधमाआएकाले पार्टीको एकतालाई जोगाइराख्नआग्रहगर्दै विवाद समाधानमा सेतुको भूमिका खेल्नसमेत आग्रह गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्