सरकारले ४० लाख भेरोसेल खोप किन्ने



काठमाडौं, (नेस) ।

सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको सरकारले चीनको सिनोफर्मासँग ४० लाखमात्रा भेरोलेस खरिद गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको एक उच्च सरकारी अधिकारीले बताएका छन् ।भारतको सिरोम कम्पनीले कोभिसिल्ड खोप उपलब्ध गराउननसक्ने बताएपछि नेपालले चीनको सिनोफर्मासँग भेरोसेल खोप किन्ने निर्णय गरेको बताइएको छ । चीनसँगखोप खरिदकालागि नेपालले गरेको लामो प्रयासपछि चिनियाँउच्च सरकारी अधिकारीले सो कम्पनीलाई नेपाललाई खोप उपलब्ध गराउनआग्रह गरेको थियो ।

नेपाललाई उपलब्ध गराउने खोपको मूल्यनिर्धारण हुनबाँकी नै रहेको पनितीअधिकारीले बताए । चीन सरकारले नै खोप उत्पादनकम्पनीलाई मूल्यतोकिदिएपछि नेपालले रकम पठाउने भएको छ ।यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई फोनमार्फत खोप उपलब्ध गराइदिन गरेको अनुरोधलाई स्वीकार गर्दैचीनले १० लाखमात्राखोप अनुदानमाउपलब्ध गराएको थियो ।

सो खोप अहिले देशभरका ६० देखि ६५ वर्ष उमेर समूहकालाई लगाइएको छ । खोपउपलब्ध गराउन जनदबाब सिर्जना भएपछि सरकार खोप खरिद गर्न दबाबमा परेको छ ।प्रधानमन्त्री केपी ओलीले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन पटकपटक अनुरोध गर्दै आउनु भएपनि बेलायतले भने अहिलेसम्म आधिकारिक जवाफदिएको छैन ।

प्रतिक्रिया दिनुहोस्