जंगलमा च्याउ खोज्न गएकी वृद्ध हात्तीको आक्रमणबाट मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

बर्दियाको बाँसगढी नगरपालिका– ८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ।

च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो।उनलाई बुधबार हात्तीले आक्रमण गरेको थियो। मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालीकराम सापकोटा सहितको टोली घटनास्थल गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताए।

प्रतिक्रिया दिनुहोस्