उद्धार कार्य र राहतलाई युद्धस्तरमा अघि बढाउन माग



नेपाल समाचारपत्र, काठमाडौं ।

अविरल वर्षाका कारण देशभर बाढीपहिरोको घटना बढेसँगै प्रमुख राजनीति कदलले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारसँग माग गरेका छन् ।

सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ कास्की र गोरखालगायतका जिल्लामा आएको बाढीपहिरोको कारण ठूलो जनधनको क्षतिभएको भन्दै राजनीतिक दलहरूले उद्धार र राहतको कामलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका हुन् । सँगसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतको काममा जुट्न नेताकार्यकर्तालाई पनि निर्देशन दिएका छन् । विपद्को समयमा सबै पक्षबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेकपाएमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका राजनीतिक दलकाशीर्ष नेताले विपद्मा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, कास्की, गोरखालगायतका विभिन्न स्थानमा बाढीपहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले बुधबार विज्ञप्ति जारी गर्दै युद्धस्तरमा उद्धार कार्य अघि बढाउँदै सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यका साथै हराएकाको खोजी गर्न सक्रियताका साथलाग्न सरकारसँग आग्रह गर्नुभएको छ ।विज्ञप्तिमा उहाँले स्थानीय पार्टी पङ्क्तिलाई सक्रियता पूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको बताउँदै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबैमा अपिल गर्नुभएको छ । विज्ञप्तिमा तीनवटै तहका सरकारलाई जरूरी समन्वय र व्यवस्थित योजनाका साथआवश्यक सम्पूर्ण तयारी गर्न पनिआग्रह गर्नुभएको छ ।कांग्रेसले बाढीपहिरोबाट प्रभावित भएकाहरूलाई तत्काल राहत प्याकेज घोषणा गर्न पनि सरकारसँग माग गरेको छ ।नेकपामा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षासँगै देशकाविभिन्नभागमा बाढी र पहिरोका कारण भएको धनजनको क्षति प्रतिदुःखव्यक्त गर्दै बाढी र पहिरोमा परी हराइरहेकाको यथाशीघ्र खोजी गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले बाढीपहिरोले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागहरूमा धनजनको ठूलो क्षतिभएको बताउँदै कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीमा पानीको बहाव उच्चभई बस्तीहरू डुब्ने खतरा पैदा भएको बताउनुभएको छ ।प्रचण्डले मौसमविद्को पूर्वानुमानको ख्यालनगर्ने र विगतकाप्राकृतिकप्रकोप न्यूनीकरण र रोकथामका उपायको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रवैयाका कारण धनजनको ठूलो क्षतिभएको आरोप लगाउनु भएको छ । उहाँले उद्धार र राहतकार्यलाई तत्कालप्रभावकारी बनाउन सरकारसँग विशेष आग्रहगर्दै आफ्ना पार्टीका नेतातथाकार्यकर्तालाई उद्धारमा खट्न निर्देशनदिनुभएको छ । बाढीपहिरोमा परी ज्यानगुमाएका परिवारलाई उचितक्षतिपूर्ति, बेपत्ताको खोजी र घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि समेत उहाँले सरकारसँग माग गर्नुभएको छ ।त्यसैगरी, सत्तारूढ दल नेकपाएमालेका प्रवक्ताप्रदीप ज्ञवालीले केहीदिनदेखिको अविरल वर्षाले गर्दा आएको बाढीपहिरो र डुबानमा परी देशकाविभिन्न भू–भागमाजनधनको ठूलो क्षतिभएकोमा दुःखव्यक्त गर्नुभएको छ । प्राकृतिकविपत्तिमा परी ज्यानगुमाउनेप्रतिश्रद्धाञ्जली व्यक्तगर्दै ज्ञवालीले मनसुनको शुरूवातमै आएको प्राकृतिकविपत्तिले सबैलाई निकै चिन्तित तुल्याएको बताउनुभएको छ ।

ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘पार्टी तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारका लागि राहतउपलब्ध गराउन, बेपत्ताको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागिअस्थायीबसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रहगर्दछ ।’भर्खरै सरकारले विपद् प्रतिकार्ययोजनापारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिकविपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय गरेको बताउँदै पारित कार्ययोजनाप्रभावकारीरूपमाकार्यान्वयनहुनआवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले प्राकृतिकविपत्तिको यस घडीमा स्वयंसेवीभावनाका साथ उद्धार र राहतकार्यमा सम्पूर्णरूपमा परिचालितहुनजनप्रतिनिधि, पार्टी कमिटी र युवा पङ्क्तिलाई निर्देशनदिएको बताउनुभयो । यसैबीच,एमालेका महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरोपीडितको उद्धार र राहतकालागिविद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई बिदाइ गर्नुभएको छ । अनेरास्ववियुकाअध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमाआठ स्वास्थ्यकर्मीसमेत रहेका छन् । राहततथा उद्धार टोलीले पीडि़तलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेन्ट पनिलिएर गएको छ ।

विपद् प्रतिकार्य योजनापारित अब सबै मन्त्रालयल परिचाल नहुने

अविरल वर्षासँग देशभर आएको बाढीपहिरो प्रभावित क्षेत्रमाप्रभावकारी उद्धार तथा राहतको व्यवस्थापन गर्नका लागि सरकारले विपद् प्रतिकार्य योजना पारित गरेको छ । सरकारले सबै मन्त्रालयलाई परिचालित गरेर बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बुधबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको बताउनुभयो । उहाँकाअनुसार कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको छ । ‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आईएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिनालगाएर बनाएको विपत् प्रतिकार्य योजनालाई बैठकले पारित गरेको छ’ –उहाँले भन्नुभयो । बैठकले सिन्धुपाल्चोक, मनाङसहित बाढीपहिरो प्रभावित क्षेत्रमाखाद्य सामग्री, टेन्टलगायतका अरू आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्