दर्जनौँ हताहत, अकल्पनीय क्षति

बाढीमा डुब्यो मेलम्ची करिडोर



नानीराम नेपाल, सिन्धुपाल्चोक ।  

अविरल वर्षापछि हेलम्बु क्षेत्रमा भयङ्कर पहिरो खस्दा आएको बाढीमा परी मेलम्ची करिडोरका दर्जनौँ मानिस हताहत भएका छन् । बाढीमा परी बेपत्ता भएकामध्ये एक जनाको मात्रशव फेला परेको छ । बाढीपहिरोमा परी अरूदर्जनौँ मानिस हताहत भएको आशंका गरिएको छ ।प्रहरीले एक जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । तर, मृतकको सनाखत भने हुन सकेको छैन ।

स्थानीयकाअनुसार बाढीपहिरोले बगाएर हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ की ६५ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का ३५ वर्षीय चेङा तामाङ र चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल बेपत्ताभ एका छन् । प्रहरी प्रशासनसँग यकिन  विवरण नभए पनि कम्तिमा २० जना बाढीमा परी हराइरहेका छन् । मङ्गलबार साँझपख हेलम्बु गाउँपालिका–१ चोक्पु क्षेत्रमा ठूलो पहिरो खसेको र सोहीपहिरोले मेलम्ची तटीय क्षेत्रकादर्जनौँ बस्ती डुबानमा परेको हो । बाढीले मेलम्चीतटीय क्षेत्रमा सयौँ घर क्षतिहुनुका साथै हजारौँलाई विस्थापित बनाएको छ । बाढीले मेलम्ची–नवलपुर जोड्ने पक्कीपुलबगाएको छ ।मेलम्ची बजारका दर्जनौँ घरमा बाढी पसेर दुई तल्लासम्म पुरिएका छन् । मेलम्चीउँ भोका चनौटे, तिम्बु, ग्याल्थुम बजारमै खोला पसेर तहसनहस बनाइ दिएको छ । बाढीको क्षतिकल्पना नै गर्न सकिँदैन, नेपाली सेना र प्रहरी र स्थानीयअगुवाहरू बाढीमा फसेकाको उद्धारमा खटिरहेका छन् । बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत मेलम्चीस्थित एक होटलमा फसेका दुई जनासहित मेलम्चीबाट अन्य ३ जनाको उद्धार गरिएको छ ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७कामदारको पनि उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० कामदार तथा आयोजनाका कर्मचारी बाढीमा फसेका थिए ।आयोजनामा फसेका ४७कामदारलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकोप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजनाको हेडवक्स निर्माणकार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाका कर्मचारीसहित७० जना त्यहाँ कार्यरत थिए । बाढीमा फसेका अन्यको खोजीतथा उद्धार कार्य भइरहेको छ । अझै कतिजना बाढीपहिरोमा फसिरहेका छन् भन्ने यकिनभने हुन सकेको छैन ।बाढीको विध्वंशपछि मेलम्चीउँभोको क्षेत्रमा सडक सम्पर्क टुटेको छ । विद्युत् र टेलिफोन पनि विच्छेद भएको छ । सदरमुकाम जोड्ने पक्कीपुल नै बगेपछि सदरमुकाम चौतारासँगपनि मेलम्ची क्षेत्रको सडक सम्पर्क टुटेको छ । प्रारम्भिक विवरण अनुसार बाढीबाट मेलम्ची नगरपालिकामा एक सय ५० घर र हेलम्बुमा एक सय ३३ घर क्षति भएको जिल्लाविपद् व्यवस्थापन समितिकाअध्यक्ष एवम् प्रमुख जिल्लाअधिकारी अरुण पोखरेलले बताउनुभयो ।

विपद् व्यवस्थापन समितिको बैठकले मेलम्चीकातीन सय विस्थापितलाई इन्द्रेश्वरी माध्यमिक विद्यालयमा र बाँकीतीन सय विस्थापितलाई नेपाली सेनाको कालिजंग गणमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । विस्थापितको व्यवस्थापनका लागि आवश्यक सामग्री पठाइएको छ । पीडित प्रभावितहरू नजिकैका विद्यालय तथा सरकारी कार्यालयमा सेल्टर लिएर बसिरहेका छन् ।बुधबार नै सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यतथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङ, पूर्वमन्त्रीएवम् राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा, पूर्वमन्त्री दावा तामाङ, मोहनबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्री सरेश नेपाल, प्रदेश सरकारका पूर्वमन्त्री युवराज दुलाललगायतले बाढीपहिरो ग्रस्त क्षेत्रको निरीक्षण र पीडित प्रभावितको अवस्थाबारे जानकारी लिँदै उद्धार र राहतमा जुटिरहेका छन् ।यसैबीच,मेलम्ची भेगको एक मात्र सञ्चार संवाहक रेडियो मेलम्ची बाढीबाट डुबानमा परेको छ । केही म हिनाअघि मात्रआफ्नै भवनमा सरेको रेडियो मेलम्चीको भवन बाढीमा डुबेको छ । मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामाआएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको माथिल्लो तल्लाको केहीभागमात्र देख्न सकिन्छ । रेडियोका सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करिब ५० लाख रुपियाँ हाराहारी क्षतिभएको रेडियो मेलम्चीकाअध्यक्ष डम्बर रसिकभारतीले जानकारी दिनुभयो ।‘भवन नै डुबेको छ, सञ्चार सामग्री र उपकरण केहीपनि जोगिएनन्’, भारतीले भन्नुभयो– ‘महत्वपूर्ण कागजातहरू पनि केही निकाल्न सकिएन ।’ स्थानीय सरकारको सहयोग र देश विदेशबाट चन्दा संकलन गरेरै रेडियो मेलम्चीको सामुदायिक भवन निर्माण गरिएको थियो ।

यसैबीच, बाढी, पहिरो र डुबानमा परी बुधबारसम्म चारजनाको मृत्यु भएको छ । बाढी तथापहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा एक जना, पाल्पामा एक जना र स्याङ्जामा एक जना गरी जम्मा ६९ जनाको प्रहरीले उद्दार गरेको छ ।बाढी, पहिरो र डुबानमा परी पाल्पामा एक जना, कास्कीमा एक जना, सिन्धुपाल्चोक एकजना र डोटीमा एकजना गरी जम्माचारजनाको मृत्यु भएको प्रहरीले बताएको छ । बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा सातजना र जाजरकोटमा सातजना गरी १४ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १० जना पुरुष र चारजनामहिला छन् । बेपत्ताको खोजीकार्य जारी छ ।साथै सिन्धुपाल्चोकमा चारजना, डोटीमा दुईजना, कास्की माएकजना र स्याङ्जा एकजना गरी जम्मा अठजना घाइते भएका छन् । घाइतेमध्ये ६ पुरुष र दुई किशोरी रहेका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारू गराएको छ । साथै वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रूपन्देही र नवरलपरासी (पश्चिम) लगायतका स्थानहरूमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।बाढीका कारण एक सय ६५ वटा घर डुबानमा परेका छन् ।

५३ वटा घर, तीन वटा गोठ, पाँच वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६२ वटा घरपरिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायाको मृत्यु भएको छ ।अविरल वर्षाका कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ताविपद् जन्य घटना भएका छन् । उक्त घटनाबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धि तप्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरू उद्धारमा सक्रियरूपमा संलग्न रहेका छन् ।साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्ननिकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्