पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्