स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान भिरकोट नगरपालिका वडा नम्बर ४ दर्बुङ ठाटीस्थित भित्री सडक खण्डमा बानेथोकबाट बयरघारी तर्फबाट आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप अचानक अनियंत्रित हुँदा सडकबाट ५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी भिरकोट नगरपालिका वडा नम्बर ३ का ३६ वर्षिय गणेशजंग अधिकारीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा भिरकोट नगरपालिका वडा नम्बर ३ का जिप चालक बिकास थापा, ४० वर्षका रेशम परियार , ४६ वर्षीया प्रतिमा परियार , ४८ वर्षका रुक बहादुर , २८ वर्षिया सोनि श्रेष्ठ र पुतलीबजार नगरपालिकाका २४ वर्षिया दिनेश परियार रहनु भएको छ । जिपमा ८ जना सवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस्