भारत जानुअघि झलनाथले ईश्वरलाई भने, ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड



न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा (एमाले) का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड’ भनेर आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले बुधबार दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्