बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन



न्युज अफ नेपाल , काठमाडौं ।

गृहमन्त्री खगराज अधिकारीले सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरो क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल राहत तथा उद्धारमा खट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज बिहान बसेको गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री अधिकारीले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन सुरक्षा निकायलाइ निर्देशन दिएका हुन् ।

गृहमन्त्री नेतृत्वमा बसेको बैठकमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसहित नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका रथी प्रभुराम शर्मा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी अधिकृत अनिल पोखरेल लगाएत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्