मोबाइल एसएमएसबाटै बाढीपहिरोको पूर्व सूचना



न्युज अफ नेपाल , काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरी बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीका अनुसार मनसुन शुरु भएयता ‘खोला नदीमा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस्’ भन्ने खालका सन्देशसहित साढे दुई लाख मोबाइलमा एसएमस पठाइएको छ ।

हिजो साँझसम्म नेपाल टेलिकमबाट एक लाख ७२ हजार एक सय ३९ र एनसेलबाट ८२ हजार ६ सय ३४ गरी दुई लाख ५४ हजार सात सय ७३ वटा एसएमएस पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्