स्याङ्जाको विश्व विराट शिला शालिग्राम डुबानमा १५ घर विस्थापित



भूपराज बस्याल,स्याङ्जा ।

तिनदिन देखि परेको अविरल बर्षाका कारण स्याङ्जाको गल्याङ नगरपालिका ५ मा रहेको विश्वकै ठूलो मानिएको शिला शालिग्राम डुवानमा परेको छ भने आसपासका १५ घर विस्थापित भएका छन् ।

स्याङ्जा गुल्मी र पर्वतको सिमानामा पर्ने सेतिबेणी बजारमा स्याङ्जा तर्फ ८ घर र पर्वत तर्फ ७ घर विस्थापित भएका हुन् भने गुल्मी तर्फ भने केही क्षति पुगेको छैन । जोखिममा रहेका स्याङ्जाका पर्वतका सबै बस्तिलाई सुरक्षीत स्थानमा सारिएको प्रहरीले जनाएको छ ।पर्वत तिर रहेका ७ घरमा पानी पासेको एक घरको पर्खाल समेत भत्किएको पर्वत जिल्लाका प्रहरी प्रमुख डिएसपि बिश्व अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सबै बस्ती सुरक्षीत स्थानमा सारिएको छ । पानी बाहब बढ्दै गएको हुँदापनि उच्च सतर्कता अपनाउन उहाँको आग्रह छ ।

त्यस्तै स्याङ्जा जिल्ला तर्फ बिश्व बिराट शिला शालिग्राम डुबानमा परेको छ त्यहाँका ८ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । जोखिममा रहेका घर परिवारलाई सुरक्षीत स्थानमा सारिएको अधिकारीले जानकारी दिनुभयो । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा ८ घरमा क्षति पुगेको मध्य ६ घर परिवारको अन्यत्र घर भएको र दुई घर परिवार अन्यत्र घर नभएको हुँदा हाल आफन्तकोमा बस्दै आएको गल्याङ नगरपालिका प्रशासकीय प्रमुख दामोदर शर्माले जानकारी दिनुभयो । घर बिहिन भएका २ घर परिवारको बिसयमा नगरपालिकाले छिट्टै राहतको प्याकेज बन्दबस्त गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्