अझै छन् यस मुलुकमा राजतन्त्र रुचाउनेहरु



रमेशकेशरी वैद्य

वास्तवमा भन्ने हो भने लंगुर र बाँदर एकै प्रकारका प्राणी हुन् । यसमध्ये लंगुरको मुख कालो हुन्छ तर स्वभाव भद्र हुन्छ । बाँदरको स्वभाव भने अलि फटाहा र अटेरी हुन्छ । यसको उद्देश्य नै लुटपाट गरेर खानु हो ।

अहिलेको घडीमा यिनीहरुको उदाहरण किन दिनुपरेको भने, हाम्रो मुलुकमा पनि आजभोलि धेरै मानिस यिनीहरुको फर्मुर्ला अपनाइराखेका हुन्छन् । उदाहरणका लागि मानिसहरु कडा परिश्रम नगर्ने भएका छन् । चाकडी गरेर, दुई नम्बरको काम समातेर, कमिसन खाएर, कालोबजारी गरेर रुपियाँ कमाउने उद्देश्य भइसकेको छ । हामी राज्यलाई सधैँ गाली गर्छौ तर यस्ता खराब संस्कारलाई मेटाउन सकिराखेका छैनौं । यस्ता कुसंस्कारलाई ठीक गर्नका लागि कानुन, समाज र यस्ता पुस्ता बदल्नु जरुरी छ । हाम्रो यस्तो नबदलिने संस्कारले मुलुक दिन–प्रतिदिन पछि परिराखेको छ । के यो सब लालच र शिक्षाको कमी होइन र ? हामी दालभात, तरकारी खान्छौं । यसमा कहिलेकाहीँ के नपुगेको, के नपुगेको जस्तो हुँदा खाना नमिठो लागेको हुन्छ । अहिले हाम्रो मुलुकको हालत पनि यस्तै भइराखेको देखिन्छ ।लोकतन्त्रपश्चात् मुलुकको मुहार फेरिए पनि सधैँ भ्रष्टाचार, गरिबी, अन्धविश्वासी, लाटोबुंगोजस्ता मानिसका कारणले गर्दा राम्रा नागरिकलाई नरमाइलो एवम् उकुसमुकुसको आभास भइराखेको छ । त्यसमाथि कोभिड–१९ महामारीले डर र टेन्सनमा बाँचिरहनुपरेको छ । यस अवस्थामा लकडाउनको सहारा लिएर दिन बिताउनुपरिराखेको छ । तर मानिसको हातमा केही छैन, सिवाय प्रकृति र भगवान्बाहेक । हामी मानिसको पाप कति बाँकी छ ?

यो मुलुकमा अनौठो लाग्दो कुरा के छ भने, यस्तो माहौलमा पनि बेमौसमको बाजा घन्किएसरह मन्त्रीहरु फेरबदल गर्ने गरिन्छ । चुनाव गर्ने, गिट्टी–बालुवाको निकासी र चुरे दोहनजस्ता कार्यलाई अपनाउने गरिन्छ । यी कुरा राम्रा हुन् वा नराम्रा, सरकारले निर्णय लिनुपर्छ । आखिरमा यी सबको नतिजा कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेजस्तो नहोस् । लोकतन्त्र ल्याउने नेताहरुको काम नै यत्ति मात्र हो त ? कहिले मन्त्री फेर्ने, कहिले कार्यकर्ता पोस्ने, कहिले विलासितामा अल्झने आदि । यो भन्दा बेस त भएको राष्ट्रधनलाई चाहिने ठाउँमा खर्च गर्नु नि । राजमार्ग, कृषि, उद्योग आदिमा राष्ट्रधनलाई लगानी गर्नु नेताहरुको बुद्धिमानी हो तर खोइ बुद्धि आएको यी नेताहरुको ?वास्तवमा भन्ने हो भने सधैँ अनावश्यक कुरामा अल्झिराख्ने, आफ्ना मान्छेलाई ठाउँमा राख्ने टेन्सन लिने, कडा भिजन नहुनेजस्ता कुराहरु नै नेताहरुका कमी–कमजोरी हुन् । कहिले हामी सोच्न बाध्य हुन्छौं ? भगवान्ले देश चलाउनेहरुलाई कहिले सोच्न बाध्य पार्छन् ? भगवान्ले देश चलाउनेहरुलाई किन ढिड बनाइराखेका छन् ? यसको बदलामा यिनीहरुलाई ज्ञान तथा देश बनाउनका लागि शक्ति दिनु नि तर भनेर के गर्नु जब खोपडी नै परिवर्तन हुँदैन भने कसैले चाहेर केही हुनेवाला छैन, समयलाई कुर्नु र नयाँ दक्ष व्यक्तिहरुको आगमनको आशा गर्नुसिवाय ।यो देशको विडम्बना मान्नुपर्छ, देश चलाउनेहरुको चाहना आफ्नो मान्छे, गाडी, घर, बैंक ब्यालेन्स भएको छ । यी सबका लागि देश चलाउनेहरु गलत कार्य गर्न पनि पछि हट्दैनन् । शायद यही कारणले पनि हुन सक्छ समयले यो देशमा संघीयता ल्यायो, जसको उद्देश्य हो गाउँ, पहाड, तराई सबै क्षेत्रको विकास होस् । यस विषयलाई एक पक्षले सकारात्मकरुपले हेरिराखेका छन् भने अर्को पक्षले नकारात्मक तवरले हेरिराखेका छन् । जे होस्, सब नेपालीको चाहना हो मुलुक द्रूत विकासमा जानुप-यो ।

तर भनेर के गर्नु, प्रदेशहरुमा बाटो तथा पुलहरुको अझै विकास हुन सकिराखेको छैन । यसको पुष्टि विभिन्न ठाउँको भ्रमणको अनुभव, अखबार, टिभी आदिले गरेका छन् । कतै देखावटीरुपमा विकास भए पनि समगं्रमा भएको छैन ।यो देशमा बुद्धिजीवीहरु पनि धेरै छन् तर उनीहरुको दिन नआइराखेको देख्दा अचम्म लाग्नु स्वाभाविक हो । दिन पनि कसरी आवस् त ? केही बुद्धिजीवीहरु नेताहरुको चाकडी गरेर पछि परिराखेका छन् । बाँकी रहेका स्वाभिमानी बुद्धिजीवीहरुका लागि नेताहरुले यो क्षेत्रमा ढोका बन्द गरिराखेका हुन्छन् । नेताहरुलाई यस्तो छाप परेको छ कि यस्ता बुद्धिजीवी सलबलाए भने आफ्नो इच्छाअनुसार शासन गर्न सकिँदैन । शायद यसैले होला आफ्नो गुुटको विकासबाहेक बेरोजगारी, गरिबी आदिको समाधान हुन सकिराखेको छैन । यी कुराले देश चलाउनेहरुलाई बिझाउला तर सत्य कुरा यो नै हो । अर्को कुरा, यो क्षेत्रमा यही कारणले राम्रा व्यक्ति आउन पनि चाहँदैनन् ।वास्तवमा भन्ने हो भने हाम्रो मुलुक द्रूत विकासमा जानको लागि सर्वप्रथम यहाँ सीमित तर राम्रा नेता हुनुप¥यो । धेरै नेता हुनु नै यो देशको दुर्भाग्य मान्न सकिन्छ । पूर्वाधार विकासका लागि भागवण्डा, विवाद, विचार मतभेद, गुण्डागर्दीको गन्ध आदिले प्रायः कार्यहरु ठप्प हुने तथा अलपत्र हुने गर्दछन् । हामीसँग रकम, आयस्रोत, युवाशक्ति आदि हुँदा पनि सरकारले चुनौतीको सामना गर्न सक्दैन । यसो हुनुको कारण पनि धेरै नेता हुनु र सधैँ कलह हुनु हो । अब यो समस्याको समाधान पनि लोकतन्त्र ल्याउने नेताहरुले सुल्झाउनु जरुरी छ । अन्यथा विकासको रफ्तार यस्तै कछुवा गतिको हुन्छ ।

अब नेताहरु परिवर्तन हुनु जरुरी छ । युवापुस्ता पनि नेताहरुको पछि नलागी स्वाभिमानी भई स्वार्थी, धुर्त, अल्लारेपन त्यागेर परिवर्तन हुनु जरुरी छ । अन्यथा हामीलाई जहिल्यै नेताले सताइराख्छन् । कहिले भगवान्ले तर्साइराखेका हुन्छन् भने कहिले रोगले ज्यान नै लिइराखेको हुन्छ । आखिर यहाँबाट हामी उम्कियौं भने पनि सोझासादाको चाहिँ हार भइराखेको हुन्छ । माथि उल्लिखित विभिन्न कारणले होला, अझै छन् हाम्रो मुलुकमा राजतन्त्र रुचाउनेहरु ।अर्को कुरा, अहिले कोभिडको समय छ । त्यसकारण एक–अर्कालाई मास्क लगाउन सम्झाउनुपर्दछ । अटेरी र अबुझ निकै छन् । कफ सिरप, सिटामोल, डिकोल्ड, साइनेक्स जगेडा राख्नुपर्छ । भिटामिन ‘सी’, भिटामिन ‘बी’ कम्प्लेक्स सेवन गरिराख्नुपर्छ । एक वर्षसम्म रमाइला कार्यक्रम नगर्दा राम्रो हुन्छ । झोल पदार्थ सेवन गरिराख्नुपर्छ । यति गर्दा पनि केही हदसम्म कोरोना भाइरसबाट बच्न सकिन्छ । अहिलेका नेताहरु मुलुकका लागि भन्दा आफ्नो स्वार्थका निम्ति लडाइँ गरिरहेकाले नै राजतन्त्रको चाहना बढेको भन्न गाह्रो छैन ।

प्रतिक्रिया दिनुहोस्