सभामुख सापकोटा र स्वास्थ्यमन्त्री तामाङ सिन्धुपाल्चोक जाँदै



न्युज अफ नेपाल , काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जाने भएका छन् । त्यहाँका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि उनीहरु बुधबार सिन्धुपाल्चोक जान लागेका हुन् ।

उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक  जान लागेको उनको सचिवालयले जनाएको छ ।  यसैगरी स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक जाँदैछन् ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्