सिन्धुपाल्चोकमा बाढीले बगाउँदा ७ जनाको मृत्यु



न्युज अफ नेपाल काठमाडौं ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकामा मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ।

हेलम्बु गाउँपालिकामा अहिलेसम्मा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ भने, ‘घर, टहरा, पुललगायत संरचना बगेका छन्।’ मृत्यु हुनेहरूको पहिचान खुलिको छैन। हेलम्बु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिङमार लामाले मेलम्चीमा आएको बाढीले जनधनको क्षति भएको बताए। ‘अहिलेसम्म वडा नम्बर १ मा ७ जना र वडा नम्बर २ मा ४ जना सम्पर्कबिहीन भएको उनले बताए ।

बाढीले मेलम्ची बजारमा पनि क्षति पुर्‍याएको छ। घरका छतमा रहेकाहरूको उद्धार गर्न लागिएको उनले बताए। सडक मार्गबाट पनि उद्धारका लागि टिम परिचालन गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्