लगातारको वर्षाले जनजीवन प्रभावित

मनाङमा३ सयजनालाई सुरक्षित स्थानमा सारियो



काठमाडाै ।

अविरल वर्षाका कारण देशका विभिन्न भागहरू प्रभावित भएका छन् भनेविभिन्न राजमार्गहरूपनि अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण हिमाली जिल्ला मनाङमा बाढी र पहिरोबाट तीन सय जना प्रभावित भएका छन् ।बाढीका कारण डुबानमा परेको तालगाउँ र सदरमुकाम चामे बजारका जोखिममा परेका स्थानीयतीन सय जनालाई सुरक्षित स्थानमा सारिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

खराब मौसमका कारण सुरक्षानिकायले उनीहरूलाई बेलैमा उद्धार गर्न कठिनाई उत्पन्न भएको थियो । खराब मौसमका कारण समयमा हेलिकोप्टर पुग्नन सक्दा स्थिति भयावह बन्दै गएको थियो । अहिले सुरक्षा निकायजन प्रतिनिधि नै उद्धारमा खटिएका छन् ।उहाँका अनुसार बाढीका कारण मनाङको नासोँ गाउँपालिका–१, तालगाउँका ५० घर र सदरमुकाम चामेका पाँच घर डुबानमा परेका छन् । बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा परेका छन् ।बाढीले जिल्ला हुलाक कार्यालय र तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृह बगाएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।त्यसैगरी,कास्कीको मादी गाउँपालिका १ र २ मा निर्माणा धीन सुपर मादी हाइड्रो पावरमा ठुलो क्षतिभएको छ । लगातारको वर्षाका कारण आएको बाढीले ४४ मेगावाट क्षमताको उक्त हाइड्रोको हेडबक्सलाई समेत क्षति पु-याएको छ भने निर्माणा धीन पावर हाउससमेत बगाएको हाइड्रोका सञ्चालक समितिका अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिनुभयो ।उहाँका अनुसार बाढीले दुईवटा स्काभेटर, ह्विललोडर, टिफर, क्रसर, पाँच सय टन फलामे छड लगायतका निर्माण सामग्री बगाउँदा ५० करोड भन्दा बढीको क्षति भएको छ ।

यसैबीच,पर्वत संवाददाता दुर्गाप्रसाद शर्माका अनुसार लगातारको वर्षाका कारण कालीगण्डकी नदी र सेती खोलामा आएको बाढीका कारण पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानमा परेको छ ।मनसुन सक्रिय भएपछि लगातारको वर्षाका कारण नदीको सतह तीन दशक यता सबै भन्दा उच्चविन्दुमा पुगेपछि पर्वत र स्याङ्जातर्फको ¬बजारमा पानी पसेको हो ।नदीको सतह लगातार बढेका कारण सेतीवेणी बजार डुबानको खतरा बढेपछि पर्वतको बिहादी गाउँपालिकामा पर्ने बजार क्षेत्र र स्याङ्जाको पिंढी खोलामा पर्ने बजार क्षेत्रमा झण्डै डेढ सय व्यापारी तथा सर्वसाधरण सुरक्षित स्थानमा लाग्नथालेको स्थानीयबासी तथा शिक्षक रवि भट्टराईले जानकारी दिनुभयो ।‘घरमा पानी पसेपछि स्याङ्जातर्फको बजारका धेरै जनाले घर छाड्नु भएको छ।’ शिक्षक भट्टराईले भन्नुभयो ‘पर्वत तर्फको बजारमा पनि नदी किनारका घर धनीहरू कुम्लो बाँधेर तयारी अवस्थामा बसेका छौं, जुनसुकै बेला पनि भाग्नुपर्ने अवस्था छ ।’सेती खोलाले संरक्षणका लागि लगाएका तार जाली बगाइसकेको छ । बाढीले विश्वकै सबैभन्दा ठुलो शालिग्रामशिला र शालिग्राम क्षेत्रका सत्तललगायतका संरचना डुबाएको छ । नदीको सतहक्रमशः बढेको र मुलुककै सबैभन्दा ठूलो कालीगण्डकी ए जलविद्युत् केन्द्रका सबै ढोका खुल्दापनि सतह नघटेका कारण जोखिम रहेको भट्टराईले बताउनुभयो ।

पर्वतका प्रमुखजिल्लाअधिकारी देवी पाण्डे खत्रीले बजारबासीलाई सुरक्षित हुन खबर गरिएको बताउनुभयो । उहाँले काली गण्डकीको बहाव बढेपछि जलविद्युत् केन्द्रसँग समन्वय गरी ढोका खोल्न लगाइएको बताउनुभयो ।उहाँले स्याङ्जातर्फ डुबानमा परेपछि पर्वततर्फ १० घर सुरक्षित स्थानमा लगेको तर तत्काल सबै घरलाई उद्धार गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । ‘कालीगण्डकी नदीकिनार क्षेत्रउच्च जोखिममा रहेका कारण नदीकिनार र बाढी पहिरोको जोखिमहुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सबै सुरक्षा निकाय हाइ अलर्टमा बसेका छौं ।’ उहाँले भन्नुभयो । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ सडक खण्ड सोमबार रातीदेखि अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका १सहस्रधारामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको वहाव बढेपछि थप सर्तकता अपनाइएको छ । जलतथा मौसम विज्ञान विभागकाअनुसार नारायणी नदीमा पानीको सतह ७ दशमलव ३ भन्दामाथि नाघेर ७दशमलव८ मिटर पुगेको छ । ८ मिटर भन्दा माथिपुगेपछि खतराको तहपुगेको मानिने विभागले जनाएको छ ।

पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह बढ्न सक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालय चितवनले चेतावनी दिएको छ । नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवनका विभिन्न भागमा कटान र डुबान शुरूभएको छ ।अविरल वर्षाका कारण बझाङ, पाल्पा र रूपन्देहीका केही स्थानमा पहिरो गई अवरोध भएको सडक सुरक्षा निकायको संयुक्त प्रयासमा हटाइएको छ ।अवरोध भएको बझाङ जय पृथ्वी नगरपालिका–७स्थित कचाली खोला नजिकको सडक, पाल्पा रम्भा गाउँपालिका–४ हुमिनस्थित आर्यभन्ज्याङ–रामपुर पक्की सडक, पाल्पा पूर्व खोलागाउँपालिका–१ बैछा पस्थित आर्यभन्ज्याङ–रामपुर पक्की सडक र रूपन्देही देवदहनगरपालिका–१० चरङ्गेस्थितबन्दै गरेको पुलको डाइभर्सन बगाई सडक अवरोध भएको थियो ।

अझै तीनदिनवर्षा हुने
केहीदिन अघिदेखि सक्रिय रहेको मनसुनी वायुको प्रभाव देश भरि फैलिएको छ ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनीप्रदेश र वागमती प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै तीन दिनलगातार वर्षा हुने सम्भावना रहेकाले पहाडी क्षेत्रकाबासिन्दालाई सर्तक रहनसमेत आग्रह गरेको छ ।

मंगलबार रातिदेशभर सामान्यदेखि पूर्ण बदली रहने छ भने देशका अधिकांश स्थानमा मेघगर्जन-चट्टयाङसहित हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना हुने महाशाखाले जनाएको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।आजदेशभर सामान्यदेखि पूर्णरूपमाबदलीहुनुका साथै देशका अधिकांश स्थानहरूमा मेघगर्जन-चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमाभारी वर्षाको सम्भावना छ भने लुम्बिनीतथा गण्डकी प्रदेशको थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको पनिमहाशाखाले जनाएको छ ।

बिहीबार पनिदेशभरको मौसम सामान्यदेखि पूर्ण रूपमा बदली हुने छ । देशकाअधिकांश स्थानमा मेघगर्जन-चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमतीप्रदेश र लुम्बिनी प्रदेशका एक वादुई स्थानहरूमाभारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।देशका अधिकांश स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वागमती प्रदेशको केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित  हुन सक्ने भएकोले सतर्कताअपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्