धितोपत्र बोर्डले राख्यो ५१ कम्पनीलाई जोखिम युक्तको सूचीमा



राजु श्रेष्ठ, काठमाडौं । 

शेयर बजारमा दैनिक नयाँ रेकर्ड कायम हुँदै आएका बेला नियमक निकाय नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सचेत गराउँदै करिब पाँचदर्जन कम्पनीलाई जोखि मयुक्तको सूचीमा राखेको छ । बोर्डले मंगलबार विज्ञप्ति जारी गरी पछिल्लो एक वर्षमा केही कम्पनीको अस्वभाविक शेयर मूल्य बढेको उल्लेख गदै ५१ वटा कम्पनीलाई उक्त सूचीमा राखेको हो ।

विगत एक वर्षको अवधिमा सूचीकृत संगठित संस्थाको मूल्यवृद्धि तीन सय र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्यआम्दानी अनुपात (पीई रेसियो) सय र सोभन्दा बढी भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्य भन्दा प्रति शेयर नेटवर्थ कमभएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याङ्कन समेतका आधारमा तीकम्पनी जोखिम युक्त रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार ती संस्थाको भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन अगाडि बढाइएको छ । प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाको सम्बन्धमा लगानी कर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानी सम्बन्धी निर्णय गर्न उचितहुने देखिएकाले हाललाई त्यस्ता जोखिम युक्त कम्पनीको परिसूचक विवरण प्रकाशित गरिएको बोर्डको भनाइ छ ।बोर्डको विज्ञप्तिमा भनिएको छ–‘धितोपत्र बजार जोखिम  मुक्त नरहेको हुँदा यस बजारमा लगानी गर्ने लगानी कर्ताले जोखिमको आँकलन गरेर मात्र लगानी गर्नुपर्छ । बजारको सर्वमान्य सिद्धान्त अनुसार धितोपत्र बजार सधै बढीरहने मात्रनभई समय क्रममा घटबढ भईरहने बजार हो । यस बजारमा हल्लावालहलहैमा लागेर लगानीगर्नु अत्यन्त जोखिमयुक्त हुन्छ । कुनै पनि धितोपत्रमा लगानी गर्नुपूर्व उक्त कम्पनीको वित्तीय अवस्थाविविध परि सूचकबारे बढीभन्दा बढी जानकारी प्राप्त गरी आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता मूल्याङ्कन गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।’

धितोपत्र बोर्डले शेयर बजारमा चलखेल भइरहेको तर्फ सङ्केत गर्दै बेला–बेलामा सचेत गराउँदै आएको भए पनि मंगलबार कडा कदमचालेको हो । बोर्डको यस कदमको प्रभाव पुँजी बजारमा बुधबारदेखि नै पर्ने विश्लेषकहरूको दाबी छ । कोभिड–१९ को दोस्रो लहर आएपछि संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञाका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकतथा कारोबार रकममा दिनहुँ जस्तो नयाँ रेकर्ड कायम हुने गरेको थियो । दैनिकऔसत १७–१८ अर्ब रुपियाँको कारोबार तथा परिसूचक तीन हजार भन्दा माथि पुगेपछि नयाँ लगानी कर्ता निक्कै उत्साहित भएका थिए । तर, नेप्सेमा सूचीकृत कम्पनीहरूको कुलबजार पुँजीकरण देशको कुलगार्हस्थ्य उत्पादन (जीडीपी) भन्दामाथिपुगेपछि भने शेयर बजारको लगानी जोखिमयुक्त रहेको अर्थशास्त्रीहरूले बताउँदै आएका छन् । ‘शेयर बजारको पुँजीकरण जीडीपीको नजिक पुग्नु सकारात्मक भए पनि जीडीपी भन्दा माथिजान थाल्यो भने सचेत हुनुपर्ने’ अर्थशास्त्रीहरूको भनाइ छ ।कोभिड–१९ को संक्रमणका अर्थतन्त्रका अधिकांश सूचकहरूमा नकारात्मक असर परिरहेका बेला शेयरमात्रै उकालोको यात्रामा रहेको थियो । निषेधाज्ञाका बेला व्यापार, व्यवसाय तथा अन्य काम काज ठप्प रहेका बेला शेयर बजारमा पुँजी परिचालन हुनुमा शेयर कारोबार प्रविधि मैत्री हुनुलाई मुख्य कारण मानिँदै आएको थियो ।

साथसाथै ब्याजदरमा भएको कमी र शेयर बजारका खेलाडीको चलखेल एवम् ‘इन्साइडर ट्रेडिङ’ का कारण पनिबजार अस्वभाविक रूपमा बढ्ने गरेको विश्लेषकहरूको ठम्याइ छ । करिब डेढ वर्षदेखि ठप्प रहेको होटल तथा पर्यटन क्षेत्र, उत्पादनहुने ठेगानन भएका जलविद्युत् क्षेत्र र घाटामा रहेका अन्य कम्पनीको शेयर मूल्य उच्च हुनु बजारमा अस्वभाविक दृश्यका रूपमा देखा परेका थिए । लाभां शदिने कुनै गुन्जा यस नभएका कम्पनीको शेयर मूल्यमा चलखेल भएको तथा लगानी कर्ताको ध्यानअन्यत्र मोड्न क्षेत्र परिवर्तन गराउँदै बजार बढाउने खेलमा केही समूह लाग्दै आएका छन् । बजारमा विभिन्न हल्ला फिँजाउने क्रम जारी रहँदा अर्बौं रुपियाँ नाफामा रहेका वाणिज्य बैंकको शेयर मूल्य भन्दा लाखमा नाफा रहेका वित्त कम्पनीहरूको शेयर मूल्य बढी रहेको छ । (क्रमशःपृष्ठ ६ मा)

प्रतिक्रिया दिनुहोस्