कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



दिपेन्द्र शर्मा, कर्णाली ।

कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सोही दिनबाट सभामा छलफल शुरु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशसभाका सदस्यहरुले भाग लिँदै आफ्नो सुझाव दिएका थिए ।

सदस्यहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको जवाफ आज प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा दिनुभएको थियो । प्रदेशसभा सदस्यहरुको जिज्ञासाहरुको जवाफ दिएपछि मुख्यमन्त्री शाहीले आगामी आव.२०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभामा प्रस्ताव पेश गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

अदालतको फैसलाले चार सांसदको पुनर्बहाली पछि कर्णालीमा एमालेको एकल वहुमत रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको सरकारले ल्याएको नीति तथा कार्यक्रम वहुमतले पारित भएको छ । आज वसेको एमाले संससदियदलको वैठकमा माधव नेपाल पक्षिय सांसद प्रकाश ज्वाला सहभागी भएपनि अन्य तिन जना सहभागी भएका थिएनन । उनिहरु मन्त्री भएकोले प्रदेश सभा वैठकमा सहभागी थिएनन तिन जना सहभागी नहुदा प्रदेश सभामा सहभागी मध्ये वहुमतले नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्