उपत्यकामा आजबाट मेलम्चीको पानी आउन बन्द (नयाँ कार्यतालिका सूचीसहित)



न्युज अफ नेपाल , काठमाडौं ।

काठमाडौं उपत्यकामा आजदेखि मेलम्ची खानेपानी दुई महिनासम्म २ देखि १२ दिन बिराएर पानी आउने भएको छ। प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएकाले आजदेखि करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ ।

मेलम्चीको पानी नआउने भएपछि काठमाडौंउपत्यका खानेपानी लिमिटेड केयुकेएलले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार काठमाडौंका धारामा २ देखि १२ दिन बिराएर पानी आउने छ ।

अहिले काठमाडौं उपत्यकामा दैनिक उपलब्ध भइरहेको १७ करोड लिडर पानी मेलम्ची बन्द भएपछि उपलब्ध नहुने भएकाले केयुकेएलले तालिका परिवर्तन गरेको हो ।काठमाडौंको महाँकालचौर, मिनभवन, अनामनगर, भक्तपुरको ठिमी, बोडे क्षेत्रमा ७ दिन बिराएर पानी आउने केयूकेएलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्