कर्णालीमा फ्लोर क्रस गर्ने सांसद निर्णायक



दीपेन्द्र शर्मा, सुर्खेत । 

फ्लोर क्रस गरेर पद गुमाएका माधव नेपाल पक्षका प्रदेश सभाका सदस्यहरू नै निर्णायक हुने भएका छन् ।
कर्णाली प्रदेश सरकारको नीतितथा कार्यक्रम पास गरेर बजेट ल्याउनुपर्ने छ । अब फेरि बल माधव पक्षीय सांसदको हातमा आएको छ ।उनीहरू रहेको दलएमालेले सरकारबाट बाहिर आएर नीति तथा कार्यक्रमको विपक्ष मामतदा नगर्न निर्देशन दिएको छ भने उनीहरूआफैं सरकारका मन्त्रीको रूपमाका मगरिरहेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि कर्णाली प्रदेश सभा ३९ सदस्यीय बनेको छ । एमाले काफ्लोर क्रस गर्ने ४ जना तथा माओवादी केन्द्र त्यागेर एमालेमा गएका दैलेखका सांसद धर्मराज रेग्मीलाई कारबाही गर्दा ३५ सदस्य कायम भएको दुई महिना नबित्दै उकालो लागेर ३९ सदस्य कायम भएको छ ।अदालतको आदेशपछि हाल कर्णालीप्रदेश सभामा एमालेको एकल बहुमत भएको छ । सभामुख राजबहादुर शाहीसहित एमालेका सांसद २० जना, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । अब हुने राजनीतिक घटनाक्रम कसरी विकास हुन्छ,त्यसपछि घटनाक्रम फरक ढंगले विकास हुनपनिसक्छ । ३९ सदस्यप्रदेश सभामा बहुमत लिन २० जना सांसद भए पुग्छ । माओवादी १२ र कांग्रेसका ६ जना गरेर १८ जनाको बहुमतको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार बनेको छ ।

सांसद पुनर्बहालीको पत्र प्रदेश सभामा प्रस्तुत कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठक शुरू हुने बित्तिकै फ्लोर क्रस गरेपछि कारबाहीमा परेका एमालेका सांसदहरूलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको पत्र सुनाइएको छ ।कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीको सरकार जोगाएर कारबाहीमा परेका प्रदेशसभा सदस्यहरू सर्वोच्च अदालतको आदेश बमोजिम एमाले संसदीयदलको सदस्यका रूपमा फर्किएको पत्र प्रदेश सभामा पढेर सुनाउनुभयो । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीको सरकार जोगाउँदा कारबाहीमा परेका एमाले प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले कर्णाली प्रदेश संसदीयदलको सदस्यको हैसियतमा कायम रहने सभामुख शाहीले जानकारी दिनुभयो ।

ज्वाला सल्यान प्रदेशसभा(ख) बुढा डोल्पा प्रदेशसभा (क) शाहीकालिकोट प्रदेशसभा (क) र थापा दैलेख क्षेत्र नं १ (ख) बाट निर्वाचित सांसद हुन् । कारबाहीमा परेका ज्वाला एमाले माधव नेपाल पक्षको प्रमुख छन्भने अरू सबै मन्त्री छन् । कर्णालीमा फ्लोर क्रस गरेपछि कारबाहीमा परेका एमालेका सांसदहरूलाई सर्वोच्च अदालतले पुनर्बहाली गरि दिएपछि कर्णालीमा नयाँ बहस शुरूभएको छ ।

छलफल सकिएपछिफिर्ताहुनुस् ः नेता कँडेल

नेकपा एमालेका कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली सरकारमा सहभागी मन्त्रीहरूलाई सरकारबाट हट्न आग्रह गर्नुभएको छ । सभामुखले पत्र पढेर सुनाएपछि कँडेलले फ्लोर क्रस गरी मन्त्री भएका सांसदहरू अदालतको फैसलापछि महेन्द्रबहादुर शाहीको सरकारबाट तत्काल बाहिर आउनु पर्ने बताउनुभयो ।आफ्ना मान्छे थन्क्याएर अरूका मान्छे चोर्दै मन्त्री बनाउँदै गरेकामाआक्रोश पोख्दै नेता कँडेलले छलफल चल्दासम्म धैर्य गर्छौं, समय दिन्छाै,नीति तथा कार्यक्रमको छलफल सकिएपछि अविलम्ब फिर्ता हुनुस्भन्नुभयो । उहाँले छलफल सकिएपछि फिर्ता नभए संसद्को बैठक कसरी अगाडि बढ्छ भन्दै सभामुख र मुख्यमन्त्रीलाई प्रश्न गर्नुभयो । अदालतको फैसलाअनुसार ४ जना नै एमालेको प्रदेशसभा सदस्य भएको हुनाले अब दलको ह्वीपमा न्नुपर्ने कँडेलको भनाइ छ । एमालेका सांसद एमालेमै फिर्ता गरे मात्रै छलफलमा सहयोग गरिने नत्रबैठक चल्न  नदिने संकेत प्रस्ट पार्नुभएको छ ।

आफ्नो सम्पत्तिफिर्ता लिनुस्: शाही

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले प्रमुख प्रतिपक्ष एमाले नेता यामलाल कँडेललाई जवाफ फर्काउँदै आफ्नो सम्पत्ति लिनुस्भन्नुभयो । ‘तपाईंका मान्छेलाई सरकार हात खुट्टा बाँधेर राखेको छैन, आफ्नो माल सम्पत्ति  लिनुस्शुभकामना छ’–उहाँले भन्नुभयो । आफैंले अपराधीभनेर बैठक अवरुद्ध गरेको स्मरण गराउँदै आफैंले अपराधी करार गरेर आफैआफ्नो लाइनमाआएर बस भन्नु नयाँ कुरा भएको शाहीले व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो–‘मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका सांसदलाई हामीले सम्मा नगर्नु नै प-यो, सहयोग गर्नेलाई तिरस्कार गर्नुभएन नि ।’ नेता शाहीले प्रमुख प्रतिपक्षबाट मुख्यमन्त्री भएको हेर्न पाऊँ भन्दै व्यङ्ग्य गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्