कोपा अमेरिका जारी राख्नेआदेश



रियो दिजनेरियो, (एजेन्सी)

कोपा अमेरिका ब्राजिलमा जारी राख्नुपर्ने ब्राजिलको सर्वोच्च अदालतले आदेश दिएको छ । कोरोनाभाइरसका कारण प्रतियोगिता रोक्नु पर्ने निवेदन परेको पनिजजले सो निर्णय लिएकाहुन् । जजले बताए कि ब्राजिलको संविधानले अदालतलाई कुनै पनिप्रतियोगिता रोक्न अधिकार दिएको छैन ।

स्थगित भएको कोपा अमेरिका आइतबारदेखि पुन शुरूहुने पनि जानकारी गराएको छ । यसअघि ब्राजिली टिमले प्रतियोगिता आयोजना गरेर देशकानागरिकको स्वास्थ्यमाथि हेलचेक्र्याइँ गरेको आरोप लगाएको थियो । उनीहरूले कोरोनाभाइरस संक्रमण बढ्ने कारण देखाउँदै प्रतियोगिताको आयोजकबाट पछि हट्नुपर्ने बताएकाथिए ।

गतवर्ष २०२० मा हुनुपर्ने कोपा अमेरिका कोरोना भाइरसको कारण उक्तवर्ष स्थगित गरिएको थियो । प्रतियोगिताको आयोजक कोलम्बिया र अर्जेन्टिना थिए । तर, यस वर्ष शुरू हुनुअघि कोलम्बियाले आयोजकबाट नामफिर्ता लियो । यसपछि,अर्जेन्टिनाबाट आयोजकको जिम्माखोसेर ब्राजिललाई प्रतियोगिताआयोजना गर्न दिइएको हो । ब्राजिलमाअहिलेसम्म कोरोनाका कारण चारलाख७५ हजारभन्दा बढी नागरिकको ज्यानगइसकेको छ । यो कोरोना संक्रमणले मर्नेमा विश्वमै दोस्रो ठूलो संख्यापनिहो । कोरोनाले संक्रमणबाट मर्ने संख्याको सूचीमा अमेरिका पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्