पेलेको धेरै महिलासँग सम्बन्ध



रियो दिजेनेरियो, (एजेन्सी)

विश्वका महान् फुटबल खेलाडीमध्येका एक पेलेले आफ्नो यौन जीवनको बारेमा एउटा सनसनीपूर्ण खुलासा गरेर सबैलाई चकितपारे ।केही समयअघि नेटफ्लिक्सले महान् फुटबलर पेलेको जीवनमा आधारित एउटा वृत्त चित्र फिल्म निर्माण गरेको थियो । उक्त फिल्ममा पेलेले एउटा सनसनीपूर्ण कुरा खुलासा गरेर सबैलाई आश्चर्यचकित पारेका थिए । पेलेले उक्त वृत्तचित्रमाआफ्नो निजी जीवनका बारेमा खुलासा गर्ने क्रममा थुप्रै महिलाहरुसँग सम्बन्ध राखेको बताएका थिए । धेरै महिलाहरूसँग यौन सम्बन्ध राखेको कुरा सार्वजनिकरूपमै बताएका उनले आफ्नी श्रीमतीलाई आफ्नो व्यक्तिगत जीवनमा धेरैपटक धोका दिएको समेत खुलासा गरे ।पेलेले आफ्नो त्यस्तो हर्कतबाट कति जना बच्चाहरू जन्मिए भन्ने कुराको समेत आफूलाई हेक्का नभएको बताएका थिए ।

महान् फुटबलर पेलेले आधिकारिक रूपमा तीन जना महिलासँग विवाह गरे । तर, विवाह बाहेक उनले धेरै महिलाहरूसँग सम्बन्ध राखेको र तिनीहरूबाट कति जना बच्चाहरू जन्मेको थाहान भएको बताए । पेलेले भने,–‘मेरो धेरै महिलाहरूसँग सम्बन्धभयो, तर उनीहरूबाट कतिजना सन्तान छन्मलाई ठ्याक्कै थाहा छैन । म उनीहरू प्रति गम्भीर थिइनँ र मैले उनीहरूको बारेमा पछि मात्र थाहा पाएँ ।’श्रीमती र प्रेमिकालाई त उनले आफू वफादार नभएको कुरा शुरूवातमा नै भन्ने गरेको बताएका छन् । पेलेले आफ्नीश्रीमती र प्रेमिकालाई सम्बन्धमा वफादार नभएको कुरा स्पष्टसँग बताउने गरेको र आफूले कहिल्यै झुट नबोल्ने कुरा उनीहरूलाई राम्ररी थाहा भएको पनिबताए । चाख लाग्दो कुरा त के होभने ८० वर्षका पेलेले तीनपटक विवाह गरे, जसबाट उनीहरूका सात जना सन्तान छन्। सान्ड्रा मकाडे पनिती सात बच्चाहरू मध्ये एक हुन्, तर पेलेले उनलाई आफ्नी छोरी स्वीकारेनन् । रिपोर्टका अनुसार सान्ड्राकी आमा पेलेका घरमा कामगर्थिन् ।१९६४ मा पेलेको आफ्नै घरमा काम गर्ने एनिजिया माचडोसँग प्रेम सम्बन्धथियो । तर, दशकौंसम्म उनले उक्त कुरालाई गोप्य राखेका थिए । उक्त सम्बन्धबाट नै सान्ड्राकोजन्म भएको थियो । तर, सान्ड्राले भने पेलेलाई आफ्नो बुबाहो भनेर सावित गर्नधेरै वर्षसम्म अदालतमा सङ्घर्ष गरिन् । पेलेलेआफ्नो डीएनए परीक्षण गराउनसमेत अस्वीकार गरेका थिए । तर, १९९३ मामात्रउनले डीएनए परीक्षण गराए ।सन् १९९८ मा यसै विषयमाअधार मानेर उनकी छोरी सान्ड्राले “द डटर द किङ डीड नट वान्ट“ पुस्तक लेखिन् ।जसमा सान्ड्राले आफूलाई पेलेको छोरीभएको प्रमाणित गर्न गरिएको अथकप्रयासलाई चित्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्