पोर्चुगलको शानदार जित



लन्डन, (एजेन्सी) । 

युरो कप फुटबल प्रतियोगिताको गत संस्करणमा विजेता पोर्चुगलले बुधबार राति भएको मैत्री खेलमा शानदार जित दर्ता गरेको छ । पोर्चुगलले आफ्नै घरेलु मैदान लिस्बनमा भएको उक्त खेलमा प्रतिद्वन्द्वी इजरायललाई ४–० ले हराएको हो । टिमलाई जित दिलाउन बु्रनो फर्नान्डेजले दुई गोल गरे भने स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । एक गोल जोओ क्यान्सिलोले थपेका थिए ।

पोर्चुगलका कप्तान रोनाल्डोले एक गोल गरेसँगै अन्तर्राष्ट्रिय करियरमा व्यक्तिगत गोलसंख्या एक सय चार मा पु¥याएका छन् । युरो कप पनि शुरू हुन लागेको हुँदा रोनाल्डोले इरानका अली दाइको सर्वाधिक गोलको कीर्तिमान तोड्ने सम्भावना छ । अली दाइ अन्तर्राष्ट्रिय करियरमा कुल एक सय नौ गोल गरेर शीर्ष स्थानमा डटिरहेका छन् । रोनाल्डो उनको कीर्तिमानसँग पाँच गोलले पछि छन् ।युरो कपमा पोर्चुगल समूह एफ मा परेको छ । सो समूहलाई सबैभन्दा कठिन समूहको नाम दिइएको छ । यो समूहमा जर्मनी, फ्रान्स र हंगेरी रहेकाले पनि पोर्चुगलको लागि उपाधि रक्षा गर्नुभन्दा पनि पहिले समूह चरण पार गर्न नै ठूलो चुनौती हुनेछ । गत युरो कप २०१६ फ्रान्समा भए पनि फ्रान्सलाई फाइनलमा पोर्चुगलले १–० ले स्तब्ध तुल्याएको थियो । यसपटक यी दुवै टिम एउटै समूहमा परेका छन् ।

युरो कप २०२१ खेलतालिका (नेपाली समयअनुसार)

समूह ए: टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी: डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी: नेदरल्यान्डस्, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी: इङ्ग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक रिपब्लिक
समूह ई: स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ: हंगेरी, पोर्चुगल, जर्मनी, फ्रान्स

समूह चरण
शुक्रबार ११ जुन (जेठ २८ गते)

समूह एः टर्की वि इटाली-१२ः४५ राति, रोम

शनिबार १२ जुन (जेठ २९)

समूह एः वेल्स वि स्विट्जरल्यान्ड-६ः४५ साँझ, बाकु
समूह बीः डेनमार्क वि फिनल्यानड-९ः४५ बेलुकी, कोपेनहेगन
समूह बीः बेल्जियम वि रसिया-१२ः४५ राति, सेन्ट पिटर्सबर्ग

आइतबार १३ जुन (जेठ ३०)

समूह डीः इङ्ग्ल्यान्ड वि क्रोएसिया-६ः४५ साँझ, लन्डन
समूह सीः अस्ट्रिया वि नर्थ मेसोडोनिया-९ः४५ बेलुकी, बुकारेस्ट
समूह सीः नेदरल्यान्डस् वि युक्रेन-१२ः४५ राति, एम्सटर्डम

सोमबार १४ जुन (जेठ ३१)

समूह डीः स्कटल्यान्ड वि चेक रिपब्लिक-६ः४५ बेलुकी, ग्लासगो
समूह ईः पोल्यान्ड वि स्लोभाकिया-९ः४५ बेलुकी, सेन्ट पिटर्सबर्ग
समूह ईः स्पेन वि स्विडेन-१२ः४५ राति, सेभिया

मंगलबार १५ जुन (असार १)

समूह एफः हंगेरी वि पोर्चुगल-९ः४५ बेलुकी, बुडापेस्ट
समूह एफः फ्रान्स वि जर्मनी-१२ः४५ राति, म्युनिख

बुधबार १६ जुन (असार २)

समूह बीः फिनल्यान्ड वि रसिया-६ः४५ साँझ, सेन्ट पिटर्सबर्ग
समूह एः टर्की वि वेल्स-९ः४५ बेलुकी, बाकु
समूह एः इटाली वि स्विटजरल्यानड-१२ः४५ राति, रोम

बिहीबार १७ जुन (असार ३)

समूह सीः युक्रेन वि नर्थ मेसोडोनिया-६ः४५ साँझ, बुकारेस्ट
समूह बीः डेनमार्क वि बेल्जियम-९ः४५ बेलुकी, कोपेनहेगन
समूह सीः नेदरल्यान्डस् वि अस्ट्रिया-१२ः४५ राति, एम्सटर्डम

शुक्रबार १८ जुन (असार ४)

समूह ईः स्विडेन वि स्लोभाकिया-६ः४५ साँझ, सेन्ट पिटर्सबर्ग
समूह डीः क्रोएसिया वि चेक रिपब्लिक-९ः४५ बेलुकी, ग्लासगो
समूह डीः इङ्ग्ल्यान्ड वि स्कटल्यान्ड-१२ः४५ राति, लन्डन

शनिबार १९ जुन (असार ५)

समूह एफः हंगेरी वि फ्रान्स-६ः४५ साँझ, बुडापेस्ट
समूह एफः पोर्चुगल वि जर्मनी-९ः४५ बेलुकी, म्युनिख
समूह ईः स्पेन वि पोल्यान्ड-१२ः४५ राति, सेभिया

आइतबार २० जुन (असार ६)

समूह एः इटाली वि वेल्स-९ः४५ बेलुकी, रोम
समूह एः स्विटजरल्यानड वि टर्की-९ः४५ बेलुकी, बाकुु

सोमबार २१ जुन (असार ७)

समूह सीः नर्थ मेसोडोनिया वि नेदरल्यान्डस्-९ः४५ बेलुकी, एम्सटर्डम
समूह सीः युक्रेन वि अस्ट्रिया-९ः४५ बेलुकी, बुकारेस्ट
समूह बीः रसिया वि डेनमार्क-१२ः४५ राति, कोपेनहेगन
समूह बीः फिनल्यान्ड वि बेल्जियम-१२ः४५ सेन्ट पिटर्सबर्ग

मंगलबार २२ जुन (असार ८)

समूह डीः चेक रिपब्लिक वि इङ्ग्ल्यान्ड-१२ः४५ राति, लन्डन
समूह डीः क्रोएसिया वि स्कटल्यान्ड—१२ः४५ राति, ग्लासगो
बुधबार २३ जुन (असार ९)
समूह ईः स्लोभाकिया वि स्पेन—९ः४५ बेलुकी, सेभिया
समूह ईः स्विडेन वि पोल्यान्ड—९ः४५ बेलुकी, सेन्ट पिटर्सबर्ग
समूह एफः जर्मनी वि हंगेरी—१२ः४५ राति, म्युनिक
समूह एफः पोर्चुगल वि फ्रान्स—१२ः४५ राति, बुडापेस्ट

अन्तिम १६
शनिबार २६ जुन (असार १२)

१. समूह ए उपविजेता वि समूह बी उपविजेता—९ः४५ बेलुकी, एम्सटर्डम
२. समूह ए विजेता वि समूह सी उपविजेता —१२ः४५ राति, लन्डन

आइतबार २७ जुन (असार १३)

३. समूह सी विजेता वि समूह डी-ई-एफ तेस्रो टिम—९ः४५ बेलुकी, बुडापेस्ट
४. समूह बी विजेता वि समूह ए-डी-ई-एफ तेस्रो टिम—१२ः४५ राति, सेभिया
सोमबार २८ जुन (असार १४)
५. समूह डी उपविजेता वि समूह ई उपविजेता—९ः४५ बेलुकी, कोपेनहेगन
६. समूह एफ विजेता वि समूह ए-बी-सी तेस्रो टिम—१२ः४५ राति, बुकारेस्ट
मंगलबार २९ जुन (असार १५)
७. समूह डी विजेता वि समूह एफ उपविजेता-९ः४५ बेलुकी, लन्डन
८. समूह ई विजेता वि समूह ए-बी-सी-डी-२ः४५ राति, ग्लासगो

क्वार्टरफाइनल
शुक्रबार २ जुलाइ (असार १८)
६ र ५ खेलका विजेता टिमबीच पहिलो क्वार्टरफाइनल-९ः४५ बेलुकी, सेन्ट पिटर्सबर्ग
४ र २ खेलका विजेता टिमबीच दोस्रो क्वार्टरफाइनल-१२ः४५राति, म्युनिक

शनिबार ३ जुलाइ (असार १९)

३ र १ खेलका विजेता टिमबीच तेस्रो क्वार्टरफाइनल-९ः४५ बेलुकी, बाकु
८ र ७ खेलका विजेता टिमबी चौथो क्वार्टरफाइनल-१२ः४५ राति, रोम

सेमिफाइनल

मङ्गलबार ६ जुलाइ (असार २२)

दोस्रो क्वार्टरफाइनलको विजेता वि पहिलो क्वार्टरफाइनलको विजेता-१२ः४५ राति, लन्डन
बुधबार ७ जुलाइ (असार २३)
चौथो क्वार्टरफाइनलको विजेता वि तेस्रो क्वार्टरफाइनलको विजेता-१२ः४५ राति, लन्डन

फाइनल

आइतबार ११ जुलाइ (असार २७)-१२ः४५ राति, लन्डन

प्रतिक्रिया दिनुहोस्