गाउफ र स्वियाटेक क्वार्टरफाइनलमा



पेरिस, (एजेन्सी)

कोको गाउफ र डिफेन्डिङ च्याम्पियनइगा स्वियाटेक पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेका छन् ।अमेरिकी युवा खेलाडी गाउफले ट्युनिसियाकी ओन्स जाबेउरलाई ६–३, ६–१ ले हराइन् । योसँगै १७वर्षीया गाउफ कुनै पनि ठूलो प्रतियोगिताको अन्तिम ८ मा पहिलोपटक पुगेकी छन् । जारी प्रतियोगितामा एक सेट पनि नगुमाएकी गाउफले सो खेल मात्र ५३ मिनेटमा जितेकीथिइन् । उनको प्रदर्शनमापूर्व खेलाडीहरूले उनी यस प्रतियोगितामा च्याम्पियन बन्ने प्रतिक्रिया दिइरहेका छन् ।

यस्तै,पोल्यान्डकी स्वियाटेकले युक्रेनकी मार्टा कोस्ट्युकलाई ६–३, ६–४ ले पराजित गरेकीथिइन् । साकारीले सोफिया केनिनलाई पाखाल गाएकी थिइन् । उनको अन्तिम आठमा सामनाग्रीसकीमा रिया साकारी सँग हुनेछ । गाउफले अर्को चरणमा क्रेचिकोभासँग खेल्नेछिन् । दुवै जना खेलाडीले सेमिफाइनलमा पुग्न आज प्रतिस्पर्धा गर्ने छन् ।

 जोकोभिचले हार टारे
पुरुष सिङ्गल्सतर्फ नोभाक जोकोभिचले सम्भावितहारलाई टारेर फ्रेन्च ओपनको अन्तिम आठमा स्थान सुरक्षित गरेका छन् । सर्बियाली खेलाडीले इटालीका लोरेन्जो मुसेटीविरुद्ध जितहातपारेका हुन् । पहिलो दुई सेट इटालियन खेलाडीले लोरेन्जोले ७–६, ७–६ ले जितेर जोकोभिचलाई हराउन तय गरेका थिए ।तर,दुई सेटले पछि परेका जोकोभिचले आफ्नो अनुभव बटुलेर तेस्रो र चौथो सेट क्रमशः ६–१, ६–० ले सहजै जिते । पाँचाै तथा निर्णायक सेटमा पनि जोकोभिचले १९ वर्षीय युवा खेलाडीमाथि वर्चश्वबनाए । उनले ४–० को अग्रतालिँदालोरेन्जो रिटायर्ड भएकाथिए । जोकोभिच ग्रान्डस्लाममा दुई सेटले पछि परेर जितेको यो पाँचौंअवसर थियो ।

प्रतिक्रिया दिनुहोस्