केभिनलाई पीएफए ‘प्लेयर अफ द इयर’ अवार्ड



लन्डन, (एजेन्सी)

इङ्ग्लिस क्लब म्यान चेस्टर सिटीका स्टार मिड फिल्डर केभिन डे ब्रुयेनेले ‘पीएफएप्लेयर अफ द इयर’ अवार्ड जितेका छन् । प्रोफेसनल फुटबलर एसोसिएसनल (पिएफए) ले प्रदान गर्ने यो प्रतिष्ठित अवार्ड सिटीका मिडफिल्डर केभिनले जितेका हुन् ।बेल्जियम काप्ले मेकर केभिनले लगातार दोस्रो वर्ष यो अवार्ड जित्न सफलभएका हुन् ।य

सअघि यो अवार्ड लगातार दुई वर्ष म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले जितेका थिए । त्यसयता, कसैले पनिलगातार दुई वर्ष यो अवार्डजित्न सकेका थिएनन् । सिजन २०२०–२१ मा प्रिमियर लिगमा डे ब्रुयेनेले १२ गोल र ५ असिस्ट गरेका थिए । केभिनले ‘पीएफए बेस्ट प्लेयर अफ द इयर’को अवार्ड जित्दा सिटीकै युवा स्टार फिलफोडेनेले पनि ‘पीएफए योङ प्लेयर अफ द इयर’को अवार्ड हातपारे । उनले यस सिजन सिटीलाई घरेलु लिगच्याम्पियनबनाउन २८ खेलमा ९ गोल गर्नुका साथै ५ गोलमा असिस्ट प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्