जर्मनीद्वारा लात्भियामाथि गोल वर्षा



लन्डन, (एजेन्सी) । 

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले गोलको वर्षा गरेको छ ।सोमबार रातिभएको खेलमाजर्मनीले तुलनात्मक रूपमानिकै कमजोर टोलीलात्भियालाई७–१ को फराकिलो गोलअन्तरले हराएको हो । जर्मनीको स्प्रिट एरिना रंगशालामाभएकोउक्त खेलमा घरेलु टोलीकालागि ६ जना फरक–फरक खेलाडीले गोल गरे भने एकगोल उपहारमा पाएको थियो ।

जर्मनीले खेलको १९औं मिनेटबाट गोलको खाताखोलेकोथियो । १९औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीकालागिपहिलो गोल गरेका थिए । त्यसको दुईमिनेटमै इकाई गुन्डोवानले गोल गर्दै अग्रता दोब्बर पारे । तेस्रो गोेल २७औं मिनेटमा थोमस मुलरले गरेका थिए ।त्यसपछि,लात्भियाका रोवर्टस कार्लोसले ३९औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि जर्मनीलाई ४–० को अग्रतामिल्यो । लगत्तै ४५औंमिनेटमा जर्मनीकालागि सेर्गे गेनाब्रीले गोल गरेपछि पहिलो हाफमाजर्मनीले ५–० को फराकिलो अग्रताबनाउन सफलभयो ।

त्यसपछि,जर्मनीले दोस्रो हाफमादुईगोल थप्यो भने एक गोल बहो¥यो ।खेलको ५०औं मिनेटमा युवा स्टार टिमो वार्नरले टिमका लागि छैटौं गोल गरे । ७५औंमिनेटमा लात्भियाकालागिएलेक्सिज साभेल्जेभ्सले गोल गरेर खेल ६–१ बनाएकाथिए । तर, गोल बेहोरेको एक मिनेट पनिनबित्दै जर्मनीकालागि लिरोए सानेले सातौं गोल गर्न सफलभए ।त्यसपछि,बाँकी समयमादुवै तर्फबाट थपगोल नभएपछि खेल जर्मनीले खेल ७–१ ले जित्यो । फिफा वरीयतामाहालजर्मनी १२औं स्थानमा रहेको टोलीहो भने लात्भियानिकै तल १ सय ३६औं स्थानमा रहेको छ ।उक्तखेलजर्मनीकागोलरक्षक मानुएल नेयुरका लागि १ सयौं क्यापबन्यो । उनीजर्मनीको राष्ट्रिय टोलीमा १ सयौं क्यापजित्ने पहिलो गोलरक्षकसमेत बनेका छन् ।सोमबारै भएको अन्य मैत्रीपूर्ण म्याचहरूमायूक्रेनले साइप्रसलाई ४–० ले हराउँदाफारो आइल्यान्डले पनिलिचेस्टाइनलाई ५–१ को फराकिलो गोलअन्तरले पराजितग¥यो । त्यस्तै जमैका र सर्बियाबीचभएको खेल भने १–१ गोलको बराबरीमा टुङ्गियो ।

प्रतिक्रिया दिनुहोस्