कोभिड विरुद्धको खोपमा हामी कहाँ चुक्यौं ?



डा. सन्तोष अधिकारी

कोरोना महामारी ले गएको दुई वर्ष ठूलो हंगामा मच्चायो। पहिलो लहर हुँदै दोश्रो लहरको भुमरीमा हामी रुमल्लिरहेका छौ। दोश्रो लहरमा मृत्यु हुनेको संख्या पहिलो लहर भन्दा बढी देखिएको सर्वविधित नै छ। अहिले अनेकन खोप विकास को क्रममा छन् भने दर्जनौं खोप विकास भएर प्रयोगमा आइसके। वर्तमान अवस्थामा खोप को चर्चा ठूलो मात्रामा चलेको छ। विकसित राष्ट्रले खोप लगाइसकेका छन्। संसारका ठूला देशहरूमा खोप उत्पादन भइरहेका छन् जस्तै चीन,अमेरिका, बेलायत, कोरिया, रूस आदि। छिमेकी राष्ट्रमा खोप को उच्च माग छ । हाम्रो छिमेकी राष्ट्र भारतमा रहेको संसारको ठूलो serum institute बाट खोप उत्पादन हुँदै आएको छ। आफ्नै देशमा खोप उत्पादन हुँदा पनि छिमेकी राष्ट्रमा खोप को चरम अभाब छ।

हाम्रो देशको अवस्था नाजुक छ। संक्रमण रोग को उपचार भन्दा रोकथाम ठूलो समाधानको कडी हो । विश्व व्यापी फैलिएको रोग को उपचार पद्धतिको पछाडि मात्र लाग्ने हो भने लाखौं को ज्यान गुम्नेमा कुनै दुई मत छैन। झन् आर्थिक रूपमा सामर्थ्य कम भएका र सामरिक रूपमा कमजोर मुलुक को अवस्था नाजुक छ। आखिर बाँच्ने जिजीविषा सबैको समान हुन्छ चाहे त्यो सम्पन्न होस् वा विपन्न।कोभिड बाट बच्ने भनेकै साबुन पानीले हात धुने, उचित तरिकाले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र खोप लगाउने। तसर्थ हामीले संक्रामक रोग बाट आफ्ना नागरिक लाई बचाउने हो भने खोप को विकल्प कुनै छैन्न। अहिले कोभिड खोपको माग यस्तो छ कि तत्काल हामीले पाउन सक्ने कुनै सहज बाटो देखिदैन। हामीले खोप को विकास हुँदै गर्दा देखि सोच्न पाएको भए, वा हामीले कुनै यस्ता निर्णय गर्न पाएको भए खोप को सुनिश्चितता गर्न सकिन्थ्यो कि१ खोप विकास हुँदै गर्दा संयुक्त राज्य अमेरिका ले आफ्ना नागरिकमा खोप को अध्यन गर्न आव्हान गरेको थियो। उसले आफ्ना नागरिकलाई खोपको सुनिश्चितता बनाएको थियो र अहिले उसका नागरिकलाई खोप लगाएर संक्रामक रोगबाट निकै रोकथाम गर्न सफल भएको थियो। अघिल्लो साल संसारकै धेरै मृत्यु संख्या हुँदै गर्दा अहिले सो आंकडा केही सयमा सिमित छ।

यो सबैको प्रमुख श्रेय खोप लाई नै जान्छ। उपचार पद्धति ले मात्र संक्रामक रोग लाई रोकथाम गर्न सक्ने भएको भए अमेरिका वा पश्चिमी विश्वले त्यत्रो मृत्यु वरण व्यहोर्नु पर्ने थिएन।अहिले सिनो भ्याक निर्मित खभचयअभिि खोपको लागि तथ्याङ्क लिँदै गर्दा, यो उमेर समूहमा त खोप परीक्षण भएको छैन्न, वा लगाउन मिल्दैन भन्दै बहस पनि हुने गरेका छन्। ५९ वर्ष उमेर समूहमा खोप लगाउन हुने खोप ले ६० वर्षमा लगाउन किन नमिल्नुरु के कारण नमिल्ने वा नमिलेको हाम्रोमा बहस को बिषय बन्दैन। हल्ला र अफबाह हाम्रोमा आगो झै सल्किन्छ। हामी अध्ययन र अनुसन्धानमा पछि पर्नु कै कारण यस्ता अवस्थाको सृजना भएको हो। कता कता भूपिको वाक्य चरितार्थ हुन्छ, हामी फागत क्यारम का गोटी हौ।ू अब हामी सचेत हुने अवस्था आई सकेको छ।तसर्थ हामी पक्कै पनि चुकेको नै हौ। आफ्ना नागरिकलाई खोपको सुनिश्चिता गर्न असफल भएकोमा। केही लाख खोप किन्नको लागि भुक्क्तनी गरी सक्दापनी पाइएको छैन्न। ऋय(खबह ाबअष्ष्तिथ को खोप आउन समय लाग्ने देखिएको छ। यता सरकारको तर्फबाट खोपको लागि कुटनैतिक पहल हुँदैछ। संसारमा खोपको सर्वाधिक माग हुँदै गर्दा हामी सहयोगको याचना गर्दै छौ भने सहयोगको वाचा गर्नेले पनि प्राय आफू सँग बढी भएको वा आफूसँग पर्याप्त मौज्दात भएमा मात्र दिन सक्ने न हुन। तसर्थ अहिलेको समयमा हामीले हाम्रा नागरिकलाई पर्याप्त खोप पाउन सक्ने अवस्था लगभग असम्भव प्राय छ।

अतः हामीले यस्ता परिस्थिति बाट सामना गर्न वा हामीले आफूलाई चाहिने खोपको सुनिश्चिता गर्ने एक सहज उपाय भनेको आफ्ना नागरिकमा कुनै पनि खोपको तेश्रो चरणको क्लिनिकल ट्रायल गरेर खोपको व्यवस्था गर्नु एक उत्तम विकल्प रहन्छ। प्राय धेरैको मनमा उब्जने कुरा भनेको के हामी नेपाली सदैव ूगिनी पिगू वा ूहामी परीक्षणू मात्र हुनेरु गरीब राष्ट्रका हामी सदैब सबैले परीक्षण मात्र गर्छन, येस्तै यस्तै यावत् कुरा हामी बीच चल्ने गर्छन। केही वर्ष देखि बजारमा सुनिने कुरा पनि हुन यो। जब जब कुनै खोपको क्लिनिकल ट्रायल वा कुनै अध्यन आरम्भ हुन्छ यस्ता तर्क र बहस ठूलै हुने गर्छन। तर कोरोना को खोप को लागि मरिहत्ते हुँदै छ। खोप लगाउन को लागि मान्छे भनसुन देखि चोर बाटो सबै अपनाउन लालायित छन्। यसको अर्थ भनेको खोप आखिर सबैलाई चाहिएको रहेछ। तसर्थ हामीले हाम्रो देशमा यदि खोप को सुरक्षित अवस्थाको जानकारी लिन को लागि क्लिनिकल ट्रायल गरेको भए हामीले खोप उत्पादक वा अन्य सम्बन्धित संस्थालाई क्लिनिकल ट्रायल पछि निश्चित मात्रा वा यति डोज खोप को सुनिश्चितता गर भनेर पूर्व सर्त राख्न सकिन्थ्यो। आफ्ना देशका जनतामा खोप सुरक्षित भएको प्रमाण पनि हुन सक्थ्यो। यस कुरामा हामी चुकेको देखिन्छौ। नेपालमा कोरोना खोप को लागि ट्रायल आएर अड्किएको धेरै भयो। यदि त्यो ट्रायल समयमा नै सम्पन्न गर्न सकेको भए हाम्रा नागरिकलाई ५० औं लाख खोप निःशुल्क हुने सम्भावना पनि थियो। अहिले खोप को लागि अनेकन व्यवधान झेल्नु पर्ने थिएन। हो१ हामी चुकेकै हौ, हरेक निर्णय समयमा गर्न नसकेकोले।देशमा विज्ञानको विकास, समय सापेक्ष परिवर्तन गर्दै लाने हो भने पनि एक हिसाबमा हामीले खोप को जोहो गर्न सकिन्छ। तर यसको लागि ठूलो लगानी आबस्यक पर्दछ। हालै चीनको सहयोगमा पाकिस्तानमा खोप उत्पादन सफल भएको छ। पाकिस्तानमा उद्योग हुनु र चीनको प्रविधि सहयोग ले यो सम्भव भएको हो। हामीकहाँ यो अवस्था अझै पनि छैन्न। हामी चुकेकै हौ विज्ञान को क्षेत्रमा, खोज अनुसन्धानको क्षेत्रमा हामी आगाडि बढ्न नसकेकोले।

यो सबै हेर्दै जाँदा, हाम्रो क्रय शक्ति कम हुनु, हाम्रो बोल्ने सामर्थ्य कम हुनु, उत्पादन र विकासको मामलामा हामी कमजोर हुनु र हामीलाई आबस्यक परेको समयमा हामीले चाहेको कुरा पाउन नसक्नु को पछाडि सरल र सहज उपाय भनेको नेपालमा खोपको तेश्रो चरणको क्लिनिकल ट्रायलहरु सञ्चालन गर्दै सम्बन्धित निकायबाट खोप को सुनिश्चितता नै एक गतिलो उपाय देखिन्छ। यसो गर्दा खोपको बारेमा थाहा हुने, खोपको सुरक्षितता को जानकारी हुनुका साथै खोपको सुनिश्चितता हुन सक्ने सम्भावना देखिन्छ। यो केवल कोरोना कोपको लागि मात्र नभएर अन्य खोपका लागि पनि लागु हुन्छ। हाम्रो देशमा खोपको क्लिनिकल परीक्षण हुँदै नभएका होइन। हेपाटाइटिस विरुद्धको खोप, टाइफाइड विरुद्धको खोप तथा गर्ववती महिलामा इन्फ्लुन्जा विरुद्धको खोपको क्लिनिकल परीक्षण नेपालमा भएको छ। त्यसैगरी झाडा पखालामा जिंक चक्कीको प्रयोगको परीक्षण पनि नेपालमा भएको तथ्य छ। टाइफाइड विरुद्धको दुई दुई वटा क्लिनिकल परीक्षण नेपालमा भइसकेको छ। हालसालै बजेट भाषणमा पनि खोप कार्यक्रममा टाइफाइड समावेस हुने कुरा आएको छ। हामीलाई खोप सहयोग आउने न्ब्ख्क्ष् जस्ता संस्थाले खोपको शुल्क सस्तो भएमा मात्र हामीलाई येथेस्ट दिनसक्ने छन्। सर्वसुलभ, सस्तो हुनको लागि उत्पादन बढ्नु पर्यो, प्रविधि हस्तान्तरण हुनु पर्ने देखिन्छ।

विश्वमा सरुवा रोग को प्रकोप अझैपनि सानो छैन्न र हाम्रो बच्चाहरूलाई दिनु पर्ने खोप पनि धेरै छन्। हाम्रो देशको नागरिकलाई खोपबाट बचाउन सकिने रोगबाट बचाउन को लागि खोपको सुनिश्चितता नै महत्वपूर्ण हो। यो सुनिश्चितता को लागि जोहो गर्नु, उपयुक्त कदम चाल्नु नै बुद्धिमता हुन्छ। आर्थिक रूपमा, विज्ञान को रुपमा र हामी सामर्थ्यको रुपमा पनि बलियो हुने देखिन्छ यदि हाम्रो अध्ययन अनुसन्धानको पाटो लाई वैज्ञानिक तवरले अगाडि बढाउने हो भने। समयमानै सोच्नु, उचित कदम चाल्नु र आफ्नो नागरिकको लागि सोच्न सम्बन्धित निकाय को ध्यान जाओस्। अब हामी बारम्बार चुक्नु हुन्न, आफ्ना नागरिकको सुरक्षाको लागि पछी पर्न हुन्न।

डा.अधिकारी कान्ति बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ हुन।

प्रतिक्रिया दिनुहोस्