बहुरुपियाको उदाङ्गो रुप



जनार्दन घिमिरे

हामी केटाकेटी हुँदा थरी–थरीका भेषभूषा र रुपरंग धारण गरेका मानिसहरु बेला–बेलामा गाउँघरमा देखिन्थे । नेपालको तराई क्षेत्रमा मनोरञ्जनदिँदै जीविकोपार्जनका लागि आउने यस्ता मानिसलाईबहुरुपिया भनिन्थ्यो । विभिन्न किसिमका रुप भएकाअर्थात् विभिन्न रुपरंगमा देखिने भएकाले नै यिनीहरुलाईबहुरुपिया भनिएको रहेछ ।

गाउँघरमा यस्ता मानिस देखिनासाथ अथवा वल्लो–पल्लो गाउँमा पनि यस्ता मानिस देखिएका छन् रे भन्ने सुनेपछि बा–आमाले हामीलाई ‘यस्ता मानिसका अगाडि नजानू, केटाकेटी चोरेर लैजान्छन्’ भन्दै सचेत गराउनुहुन्थ्यो ।भारतको त्यसमापनि खासगरी राजस्थानमा बसोबास भएका यस्ताबहुरुपियाहरुले एकीकृत भारत निर्माण हुनुभन्दा पहिले राजारजौटा, जमिनदार अथवा ठूलाबडाहरुका घर–घरमा गएर कलाकारको रुपमा मनोरञ्जनदिँदै जीविका चलाउँदा रहेछन् । कतिपय राजाहरुले आफ्नै राज्यभित्र र बाहिरी राज्यमा समेत भइरहेको गतिविधिबारे जानकारी राख्नको लागि समेत यिनीहरुलाई जासुसको रुपमा प्रयोग गर्थे भन्ने कुरा आफू बुभ्ने भएपछिसुनियो-पढियो । समयक्रमले राजारजौटाहरुको अन्त्यसँगै मनोरञ्जनका अन्य साधनहरुको विकासहुँदैजाँदा यिनीहरुको पेसापनि धर्मराउँदै जानथाल्यो, जसका कारणकतिपययस पेसाबाट पलायनभए भने कतिपय पुख्र्यौली पेसा नै धानिरहेकाहरु गाउँघर घुमेर मनोरञ्जनदिँदै जीविकाचलाउन थालेछन् ।तर आजकाल त तराईमा पनि यस्ता बहुरुपियाहरु खासै देखिँदैनन् ।

पछिल्लो समयमा माथि चर्चा गरिएभन्दा फरक किसिमकानयाँबहुरुपियाहरुको समाजमा जन्म भएको छ । विकसित तथा सभ्य मुलुकहरुमा यस्ता बहुरुपियाहरुको गतिविधिका बारेमा कहिलेकाहीँ मात्र सुनिनेगरेको भएतापनि नेपाल, भारतलगायतका देशमा यिनीहरुको बिगबिगी नै छ । परम्परागतबहुरुपियाहरु आफ्नो भेषभूषा र रंगरुपले चिनिन्थे अर्थात्चिनिनकै लागि यस्तो रुपरंग धारण गर्दथे भने नयाँबहुरुपियाहरुत्यसको ठीक उल्टो आफूहरुलाई कसैले नचिनुन् भन्नेतर्फ हमेसा सचेत देखिन्छन् । वास्तवमा नचिनिउन्जेलसम्म नै उनीहरुको अस्तित्व कायम देखिन्छ । मनभित्र एउटा कुरा भए पनि बाहिर अर्को बोल्न र देखाउनसक्ने, एकसे एक झुटलाई पनि साँचोभए जसरी नै निल्र्लज्जभई प्रस्तुत गर्नसक्ने,समाज अनि राष्ट्रलाई जस्तोसुकै घात गर्न सक्ने विवेक अनि नैतिकता मरेकाहरु नयाँबहुरुपिया हुनका लागि अनिवार्य सर्त देखिएकाछन् ।मान, सम्मान, धन, पद, प्रतिष्ठा अनि आकर्षक बक्सिस एकसाथ प्राप्तहुने भएकाले पत्रकार, लेखक, बुद्धिजीवी, समाजसेवी वा विभिन्न पेसाकर्मीको रुपमा समेतयस्ता बहुरुपियाहरु सक्रिय रहेको भएतापनि सबैभन्दा बढी राजनीतिमा नै यिनीहरुको बिगबिगी देखिन्छ ।हाल नेपालमा सक्रिय रहेका हरेक ठूला दलहरुमा यस्ता बहुरुपियाहरुकै बोलवाला रहेको देखिएतापनि विगत ५–७ वर्षदेखि राजनीतिको शिखरमा रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बहुरुपियापन आमजनतामाझ उदाङ्गिएसँगै उनको अस्तित्वमा पनि संकट आउने संकेतहरु देखिएकाछन् ।अबनेपाली जनताले अहिलेसम्म देखेका र भोगेका उनका केहीचर्चित रुपहरुको बारेमा चर्चा गरौं ।

कम्युनिस्ट ओली:

विकिपेडियामा राखिएको जानकारीअनुसार ओलीको जन्म २००८ सालमा तेह्रथुमको एउटा विपन्न परिवारमा भएको थियो । विपन्नताकै कारण २०२२ सालमा झापा झरेका उनलाई रामनाथ दाहालले आश्रय दिएका थिए । २०२३ सालबाट सामाजिक विभेद र अन्यायका विरुद्धलड्नका लागि कम्युनिस्ट पार्टीमाआबद्धभई संघर्षगर्दै आएको र सोही क्रममा १४ वर्ष जेल बस्नुपरेको भन्दै उनले विभिन्न ठाउँमा भाषण गरेको सुनिन्छ । यहाँ मननयोग्यकुरा के छ भने– जन्मदै कोही न कम्युनिष्ट हुन्छ, न लोकतन्त्रवादी । अर्कोकुरा ५–७ क्लास पढ्दै गरेको १५ बर्से ठिटोले माक्र्सको दास क्यापिटलबाट प्रभावित भएर अथवा रुसको अक्टोबर क्रान्ति वा चीनको सांस्कृतिक क्रान्ति बुझेर वा अध्ययन गरेर कम्युनिस्ट राजनीति शुरु गरेको होला त ? यथार्थ त के हो भने, विपन्नताबाट पिल्सिएको उनमा सम्पन्नताप्रति ईष्र्या र घृणाथियो, जसको कारण उनी अराजक एवम् हिंसात्मक स्वभावका थिए । त्यसमापनि मुख्र्याइँर अहंकार थपिएपछि कुनैपनि मानिसकालागि अपराध सहज बन्छ, जसको परिणाम थियो, झापाकाण्ड अनि १४ वर्षको जेल सजाय ।

अर्कोकुरा संक्षेपमा भन्ने हो भने, कम्युनिस्ट शासन व्यवस्थाको मूल मर्म भनेकै निजी सम्पत्ति र स्वामित्वको अस्वीकार्यता हो । तर ओलीमा निजी सम्पत्ति र स्वामित्वप्रति गजबको आकर्षण देखिन्छ । उनी राष्ट्रिय ध्वजावाहकभन्दा निजी एयरलाइन्स चढ्न मनपराउँछन् ।सरकारी अस्पतालभन्दा उनको चासो बीएन्डसीप्रति बढी छ । दलाल बिचौलिया नराखी उनको नेतृत्वको सरकार कुनै आर्थिक क्रियाकलाप गर्दैन अनि हिजोका विपन्न चप्पलधारी उनीसँग आज कुनै उद्योग व्यवसाय नगरी करोडौंको गाडी, बंगला हुनुले उनको कम्युनिस्ट रुप सबैका सामु उदाङ्गिएको छ ।लोकतान्त्रिक ओलीःसंसारभरिनै खोज्ने हो भने नेपालबाहेक अन्यत्र शायदै यस्ता पार्टी वा नेता होलान्, जसले आफूलाई खाँटी कम्युनिस्ट पनि भन्छन् अनि खाँटी लोकतन्त्रवादी पनि । जसरी एउटै मानिस चोरपनि अनि साधुपनि हुनसक्दैन, त्यसरीनै एउटै मानिस कम्युनिस्ट पनि र लोकतन्त्रवादी पनि हुन सक्दैन । यो त सर्वमान्य कुरानै हो । तर नेपालमा अहिलेसम्म केही दल र मानिसहरु हामीनै कम्युनिस्ट अनि हामीनै लोकतन्त्रवादी भन्दै भ्रमछर्न सफल भइरहेकाछन् । हामी त्यसैलाई मान्दै आइरहेकाछौं । यसले नेताको मात्र नभई हामी नेपालीको चेतनाको स्तरसमेत देखाएको छ ।

लोकतन्त्र एउटा शासन व्यवस्था मात्र नभई जीवन पद्धतिसमेत भएकोले लोकतन्त्रमा विधिविधान, निष्ठा, इमान, नैतिकता, पारदर्शिता, जवाफदेहिताजस्ता कुराहरुको विशेष महत्व हुने गर्दछ । यस्ता कुराहरु नभएको मुलुकमा लोकतन्त्र छ भनेर विश्वास गरिँदैन । तर ओलीको लोकतन्त्रप्रतिको बुझाइ नितान्त फरकछ । उनी भ्रष्टाचार, कुशासन, राष्ट्रघात अनि असंवैधानिक कदमहरुको विरोध गर्नुलाई लोकतन्त्रको विरोध भन्ने बुझ्छन् । जसरी स्टालिनले आपूmसँगै क्रान्तिको नेतृत्व गर्ने बुखारिन, ट्राटस्की, जिनोवेव, कामेनेवजस्ता सबै नेताहरुको हत्या गराए, त्यसरी नै ओलीसँग आज मालेदेखि एमालेसम्मलाई नेतृत्व दिएकाहरु कोही साथमा छैनन् । उनी स्वयंलाई प्रधानमन्त्री बनाउने उच्चतम् जननिर्वाचित संस्थाले उनको नाजायज र असंवैधानिक कदमहरुको विरोध गर्नासाथ २–२ पटक त्यो संस्थाको घाँटी निमोठ्ने उनी कत्तिको लोकतन्त्रमा विश्वास गछर्न्, सबैका सामु छर्लङ्गिएकोछ ।

राष्ट्रवादी ओली:

संक्षेपमा भन्नुपर्दा राष्ट्रप्रतिको समर्पणको भावना नै राष्ट्रवाद हो तर त्यो कर्ममा बसेको हुनुपर्छ । राष्ट्रवादको भावनाले कुनैपनि नागरिकलाई उसको जात, भाषा, धर्म, संस्कृति, व्यक्तिगत स्वार्थ इत्यादिभन्दामाथि उठेर राष्ट्रहितको कर्मगर्न प्रेरित गर्दछ । किसानले उत्पादनमा वृद्धि गरी कुल उत्पादकत्वमा वृद्धिगर्न सघाउनु, मजदुरले उद्योगलाई मुनाफामा लगेर राज्यको राजस्व वृद्धिमा योगदान गर्नु, शिक्षकले विद्यार्थीलाई उचित शिक्षादिई योग्य, इमानदार अनि जिम्मेवार नागरिक बनाउनु, प्रहरीले नागरिकलाईसुरक्षाको प्रत्याभूतिदिनु, सैनिकले डटेरसीमाको रक्षागर्नु,राजनीति गर्नेले जस्तोसुकै परिस्थिति किन नहोस् मुलुक र जनताको हित विपरीतको निर्णय नलिनु अर्थात् पेसा र जिम्मेवारी अनुसारको काम इमानदारिताका साथ गर्नुनै राष्ट्रवाद हो । एउटा देशले नाकाबन्दी लगाउँदा अर्कोदेश गुहार्दै हिँड्ने, तैंले बाटो नदिए अर्को देशहुँदै सामान ल्याउँछु भन्नेहरु राष्ट्रवादी हुन सक्दैनन् ।राष्ट्रवादी त्यो हुन्छ, जसले मुलुकलाई आत्मनिर्भर बनाउन हरहमेसा प्रयत्न गर्दछ । आकाश–पातालको कुरा गरेर खर्बौंको सपना देखाउँदै महाकाली जिम्मा लगाउने, सर्वसम्मतरुपमा संसद्बाट पारित देशको नक्सालाईपाठ्यक्रमबाटै हटाउने, सीमा मिचिएकोमा विराधगर्ने युवालाई विद्युतीय शकदिने, राष्ट्रलाई घातहुने गरी नागरिकतासम्बन्धी अध्यादेश जारीगराउने, नागरिकलाई निमुखा, देशलाई दरिद्रअनि अर्थतन्त्रलाई भिखमंगा बनाएर जनताको नाममा ऋणको याचनागर्दै तीन वर्षभित्र मुलुकलाई दोब्बर ऋणभार बोकाएर संघीयदेखि स्थानीय सरकार र संसद्देखि अदालतसम्म ऋणमा चलाउने ओली सरकार राष्ट्रवादी हुनसक्दैन । भारतीय कांग्रेस (आई) सँग साँठगाँठ रहेकोमा एक्कासी भारतीय जनतापार्टी सरकारमा आएपछि तालमेल नमिलुन्जेल राष्ट्रवादको मुखुण्डो लगाएका उनको सामन्त गोयलले तालमेल मिलाइदिएपछि राष्ट्रवाद उदाङ्गिएकोछ ।

भ्रष्टाचार विरोधी ओली:

दिनैपिच्छे वा भनौं उनले बोल्ने कार्यक्रमपिच्छे उनले आफू भ्रष्टाचार विरोधी भएकोले भ्रष्टाचारीको अनुहारनै नहेर्ने भन्न छुटाउँदैनन् । तर उनको नेतृत्वमा सरकार गठन भएपश्चात् सुनकाण्ड, वाइडबडी काण्ड, सेक्युरेटी प्रिन्टिङ प्रेस काण्ड, स्वास्थ्य सामग्री तथा औषधि खरीद काण्डदेखि खोप कमिसन काण्डसम्मको ठूला–ठूला भ्रष्टाचारका काण्डहरु सार्वजनिक भए । सार्वजनिक नभएका अझ कति होलान् ।यी सबै काण्डकामुख्य योजनाकारहरु ओलीका प्रियपात्र मात्र नभई कोही उनका मन्त्री छन् भने कोही आर्थिक सल्लाहकार अनि कोहीलाई त भ्रष्टाचारको अडियो बाहिरिएपछि निर्लज्जतापूर्वक संसदीय छानबिन समितिकै सदस्य बनाएर आफ्नो किचेन क्याबिनेटमा राखेकाछन्, जसलेगर्दा हरेक भ्रष्टाचारमा उनको संलग्नताको आशंका गरिँदैछ । कमिसन आउनेभए मात्र सडक बन्ने, अस्पताल बन्ने, जनताले मल किन्न पाउने, शिक्षाको कार्यक्रम चल्ने, महामारीमा स्वास्थ्य सामग्री तथा खोप खरिदहुने ओली राजमा उनी भ्रष्टाचारी हुन् कि भ्रष्टाचार विराधी, जनताको सामु छर्लङ्ग भइसकेको छ ।

विकासप्रेमी ओली:

ओलीले आफूलाई विकासवादी देखाउन पानीजहाज, उत्तर–दक्षिण रेल, वार्षिक पाँच लाखलाईथप रोजगारी, दश प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर, दुई वर्षभित्र कृषि उत्पादनजन्य वस्तुमा आत्मनिर्भर अनि पाँच वर्षभित्र निर्यातलगायतका थुप्रै कथा रचे । भर्खरैमात्र उनको सरकारले आ.व. २०७८/०७९ का लागि बजेट सार्वजनिक गरेकोछ, जसको बुँदा नं. २९७ मा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङ मार्गकालागि कार्यक्रम राखिएकोछ, जुन कार्यक्रम आ.व. २०७७/०७८ मा बुँदा नं. २३८ मा र २०७६/०७७ मा बुँदा नं. १८२ मा समेत राखिएको थियो तर परिणाम हाम्रै अगाडि छ ।संघीय सरकारले मुलुकको राजधानीका लागि बजेटमा सार्वजनिकगरेको विकास कार्यक्रमको अवस्था त यस्तो छ भने दूरदराजमा रहेका विकट बस्तीहरुमा राखिएका योजना तथा कार्यक्रमहरुको अवस्था के होला ? आवश्यक परेका बखत जनतालाई एकथान सिलिन्डर दिन नसक्ने अनि छिमेकीले समेत एकहजार मूल्य तोकेको भ्याक्सिनकालागि जनताका नाममा राष्ट्रपतिलाई भिखमाग्न लगाउने उनी विकासलाई मजाक बनाउँदै सरकारले गरेको विकास र समृद्धि देखेर विश्व नै चकित भएको गफदिन छोड्दैनन् ।यसरी विभिन्न रुपधारण गर्दागर्दै ७० वर्ष काटेका उनलाई अझपनि नयाँ–नयाँ रुप देखाउने तृष्णा मेटिएको छैन । भर्खरै मात्र आफूलाईहिन्दुवादी देखाउन पशुपतिमा जलहरीदेखि माडीमा राम मन्दिरसम्मका कथा रच्न भ्याए तर जनता अब उनलाई कुनै पनि रुपमा हेर्न तयार देखिँदैनन् ।

प्रतिक्रिया दिनुहोस्