लुम्बिनीका मुख्यमन्त्रीलाई बहुमत पुर्‍याएर देखाउन विपक्षीको चुनौती



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई बहुमतको सरकार हो भने संसदमा विश्वासको मत लिएर देखाउन र होईन भने राजीनामा दिएर कानुनी राज्यको पालना गर्न सांसदहरुले आह्वान गरेका छन् । लुम्बिनी प्रदेश सभाको बुधवार देखि शुरु भएको आठौ बजेट अधिवेशनमा वोल्ने अधिकांश सांसदहरुले विधी प्रकिृया मिचेर संम्बिधानको मुल्य मान्यता वाहिर गएर सरकारमा रहने नैतिक अधिकार नभएको सरकारले नीति तथा कार्यक्रम र वजेट ल्याउन नमिल्ने धारणा राखेका थिए ।

विपक्षी दलका सांसदहरुले सरकार अवैधानिक भएको नीति गत र कानुनीरुपमा अल्पमतमा रहेको सरकारले सत्तामा रहिरहने बैधानिकता गुमाएकोले ततकाल मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिन माग गरेका हुन् ।सभामुख पूर्ण बहादुर घर्तीले विशेष समयमा वोल्न समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रमुख सचेतक फकरउद्दिन खाँनले अवैधानिक तवरले सरकार गठन गरिएको बताउँदै आदर्श र नैतिकता देखाउँदै मुख्यमन्त्रीले राजीनामा दिन आग्रह गर्नु भयो । बहुमतका लागि ४१ जना सभासद्सहित दावी गर्नु पर्नेमा शंकर पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दावी गरेकाले सरकारले बैधानिकता गुमाएको उहाँले बताउनु भयो । खांनले संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएपनि अहिले सरकारको स्वरुप हेर्दा उपधारा २ बमोजिमको भएकाले सोही अनुसार वर्तमान सरकार गठन भएको आज एकमहिनाभएकाले विश्वासको मत लिनु वा राजीनामा दिनु माग गर्नु भयो ।

सरकारले फेरि संसद छलेरअध्यादेशबाट बजेट ल्याएमा संसदीय व्यवस्थाको औचित्य पुष्टि नहुने उहांको कथन रहेको छ ।जनता समाजवादी पार्टी संसदीय दलका नेता सहषराम यावदले सरकारले सत्ता लिप्तहुँदै स्वार्थपूर्तीका लागि आफ्नो दललाई समेत फुटाउने काम गरेको आरोप लगाउनु भयो । कुनै पनि दललाई फुटाउने अधिकार सरकारसँग नभएको जिकिर गर्दै उहांले आफू नै संसदीय दलको नेता भएको दाबी गर्नु भयो । जसपाबाट सरकारमा सहभागी अन्य ४ जना सांसदहरुले संसदीय दलको नेता चयन गरेकोप्रति आपत्ति जनाउँदै उहांले विश्वासको मत लिएर देखाउन वा राजीनामा गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नु भयो ।

यसैगरी नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्य सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेलको वैधानिकमा माथी प्रश्न उठाउँदै सपथग्रहरणप्रति आपत्ति जनाउनु भयो । बरालले मुख्यमन्त्रीलाई सपथ खुवाउनका लागि प्रदेश प्रमुखलाई बोरामा हालेर मुख्यमन्त्रीको क्वाटरमा पुर्याइएको प्रति टिप्पणी समेत गर्नु भयोे ।

प्रदेशसभाका बहुमत सदस्यहरु एकातिर हुँदाहुँदै अवैधानिक रुपमा मुख्यमन्त्री पोखरेललाई सपथ ग्रहण गराइएको बताउँदै उहाँले नैतिकताका आधारमा वर्तमान सरकारले राजीनामा दिनु पर्ने माग गर्नु भयो । बैठकमा प्रदेशसभा सदस्य विरबहादुर रानाले संम्धिानको धारा १६८ को उपधारा १ अनुसार सफथ लिएकोे सरकारले उपधारा २ अनुसार मन्त्रीमण्डल विस्तार गरेकाले सरकारले नैतिकता गुमाएको बताउनु भयो । प्रदेश सभा सदस्य तारा जिसी, शंकर गिरी, इन्द्रजित थारु लगायतले प्रदेश सभालाई छलेर वनेको सरकारको औचित्य नभएको र लुम्बिनी प्रदेश सभाको राष्टिय सभाका लागि भएको उपनिर्वाचनको परिणामले पनि मुख्य मन्त्री पोखरेको बैधानिकता समाप्त भएकाले राजीनामा दिएर कानुनी राज्यको पालना गर्न माग गर्नु भएको थियो । सभामा सत्तापक्षका प्रदेशसभा सदस्य लिला गिरीले सरकारको बचाउ गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्