अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा  समाचारपत्रकर्मीसहित छ पत्रकार सम्मानित


धादिङ । 

अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) को चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको अवसरमा नेपाल समाचारपत्रका पत्रकार तथा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीसहित पाँच जना पत्रकार सम्मानित भएका छन्।

शनिवार धादिङबेसीमा सम्पन्न महाधिवेशनको उद्घाटन समारोहमा पत्रकारितामार्फत समाजलाई सूचना प्रवाह गर्न तथा सञ्चार क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै पत्रकारहरूलाई सम्मान गरिएको हो।

oplus_2

सम्मानित हुनेमा नेपाल समाचारपत्रका पत्रकार तथा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारी, अनलाइनखबरका सुदर्शन खतिवडा, कान्तिपुर टेलिभिजनका पोषनाथ अधिकारी, बाह्रखरी डटकमकी सरिता श्रेष्ठ र जापानमा रहेर पत्रकारिता गर्दै आएका राजन गौतम रहेका छन्। त्यसैगरी, नीलकण्ठ एफएमका रामकुमार थापा पनि सम्मानित भएका छन्।

अन्तर्राष्ट्रिय धादिङ समाजले महाधिवेशनको अवसर पारेर पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गर्न योगदान पुर्‍याउने सञ्चारकर्मीलाई सम्मान गरेको हो।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल,सांसद बाेध नारायण श्रेष्ठ, गंगादेवी श्रेष्ठ, पूर्वमन्त्री रामनाथ अधिकारी, गैर  आवासीय नेपाली संघका उपाध्यक्ष लाेक दहालले पत्रकारहरुलाई सम्मान गर्दै निष्पक्ष पत्रकारिता र जनताका लागि कलम चलाउन आग्रह गर्नुभयो ।