मोटो राइडर जेसनको दुर्घटनामा निधन



रोम, (एजेन्सी) ।

स्विट्जरल्यान्डका १९ वर्षीय मोटो राइडर जेसन डुपास्क्वियरको दुर्घटनामा निधन भएको छ । शनिबार इटालियन ग्रां प्रीको क्वालिफाइङ मोटरसाइकल रेसमा उनी घाइते भएका थिए । उनको असन्तुलित भएर लडेको थियो । यसपछि अर्को रेसरको मोटरसाइकलले जोडसँग उनलाई हिर्काएको थियो । करिब ४० मिनेटसम्म त्यही उपचार गरेर उनलाई हेलिकोप्टरमार्फत् अस्पताल लगिएको थियो ।

तर, त्यहाँ शल्यक्रिया भए पनि उनको ज्यान बचेन ।
जेसनको उपचारमा खटेका डाक्टरले बताएअनुसार उनलाई गम्भीर मष्तिष्कघात भएको थियो । धेरै कोसिसका बावजुद उनलाई बचाउन नसकेको डाक्टरले बताए । उनको छातीको पनि शल्यक्रिया गरिएको थियो । सोही दुर्घटनामा दुई जना रेसर जापानका अयुमु सासाकी र स्पेनका जेरेमी अल्कोबा लडेका थिए । उनीहरू दुवै जना सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्