बक्सिङ संघको साधारणसभा स्थगित गर्न निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी जेठ २० गते गर्न लागिएको नेपाल बक्सिङ संघको साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ ।

शुक्रबार राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख सरोज कुमार पोखरेलद्वारा हस्ताक्षरित पत्र मार्फत् बक्सिङ संघले गर्न लागेको उक्त साधारण सभा स्थगित गर्न निर्देशन दिएको हो ।

कोरानाका कारणले देशभर विषम परिस्थिति जारी रहेको वर्तमान अवस्थामा राखेपको पूर्व स्वीकृति नलिई गर्न लागेकाले साधारण सभा स्थगित गर्न निर्देशन दिएको उक्त पत्रमा उल्लेख गरिएको छ । राखेपले नेपाल खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ङ) बमोजिम नेपाल बक्सिङ संघलाई उक्त निर्देशन दिएको छ।

बक्सिङ संघका नाम जारी पत्रमा साधारण सभा स्थगित गरेको जानकारी राखेपलाई गराउन समेत गराउन भनिएको छ ।
सोही पत्रमा संघको चैत १७ गतेको निर्णय उल्लेख गरि २०७८ वैशाख ३० गते प्रकाशित साधारण सभा गर्ने सम्बन्धि सार्वजनिक सूचना राखेपको जानकारीमा आएको उल्लेख गरिएको छ । नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले भने उक्त साधारण सभा भर्चुअलका माध्यमबाट गर्न लागिएको भएपनि अब राखेपको निर्देशन अनुसार स्थगित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्