दुःखीको सहयोगमा खड्काको सक्रियता



काठमाडौं, (नेस) ।

कोरोना भाइरस (कोडिभ–१९) को दोस्रो भेरियन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागु गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकएवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् ।

समस्यामा परेकालाई सहयोग गर्न खड्काले आफ्नै नेतृत्वमा ‘‘सबैका लागिहामी’’भन्ने अभियान नै सञ्चालन गरेका छन् । व्यक्तिगत तथा देश÷विदेशमा रहेका मनकारी नेपालीहरूको सहायतामा आर्थिक सहयोग जुटाउँदै अभियान सञ्चालन गर्न सम्भव भएको खड्काले बताए । यो अभियानमा धतुरे नामले चिनिने कलाकार सीपी पुडासैनीलगायतको पनि संलग्नता छ ।यही अभियान अन्तर्गत मंगलबार खड्काले गोकर्णेश्वर नगरपालिका ८ का फरक क्षमता (अपाङ्गता) भएका भीमभुजेलको परिवारलाई आर्थिक सहयोगका साथै खाद्यान्न राहत स्वरूप प्रदान गरे । उनले भीमलाई ५७ हजार ६ सय रुपियाँ नगद तथा एकबोरा चामल, दाल, नुन, तेल र तरकारी प्रदान गरे । भीमका भाइ पनि फरक क्षमता भएका हुन् भने ८० वर्षीया आमापनि बिरामी छिन् ।

यसअघि, खड्काले दोलखा घर भईहालखसीबजार (बागबजार) मा डेरा गरी बस्दै आएका डिल्लीबहादुर कार्कीलाई उपचारका लागि २५ हजार नगदसहित खाद्यान्न उपलब्ध गराएका थिए । कार्की रूखबाट खसेर कम्मरमुनिको भागचल्नै नसक्ने अवस्थामा छन् ।त्यस्तै,अक्सिजन अभावका कारण कोराना भाइरसको उपचारमा समस्या भोगि रहेका कसैलाई सिलिन्डरसहितको अक्सिजन त कसैलाई अक्सिजन भरेर दिने काममा पनि सक्रिय रहँदै आएका छन् । हालसम्म ११ जनालाई सहयोग गरिसकेको खड्काले जानकारी दिए ।

कोरोना भाइरसकै कारण २०७६ सालको चैत ११ गते गरिएको लकडाउन र त्यसपछि गरिएको निशेधाज्ञाका दौरानपनि खड्काले समस्यामा परेका कैयौं व्यक्ति र परिवारलाई आर्थिक सहयोग, स्वास्थ्य सामग्री र खाद्यान्न सहयोगस्वरूपप्रदान गरेका थिए । २०७२ सालवैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण पीडितहरूको सहयोगार्थ खड्काले महत्त्वपूर्ण भूमिकानिर्वाह गरेका थिए ।खड्काले सबैको साथ र सहयोगले दुःखीहरूलाई सहयोग गर्न सम्भव भएको बताउँदै आगामीदिनमापनिआफ्नो क्षमताले भ्याएसम्म सहयोगलाई जारी राख्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्