ओलीले लिएको शपथविरुद्ध सर्वोच्चमा रिटमाथि रिट



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथविरुद्ध सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीले सोमबार सर्वोच्चमा छुट्टाछुट्टै रिट दर्ता गराएका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए । त्यसपछि उनले शपथमा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द पनि उच्चारण गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्