रोनाल्डोको ७ सय ७७गोल



लन्डन, (एजेन्सी)

सीआर सेभेनबाट समेत चर्चित पोर्चुगीज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो आधिकारिक गोलसंख्या७ सय ७७ पु-याएका छन् ।उनले आफ्नो करिअरको कुलआधिकारिक गोलसंख्या७ सय ७७ पु-याएकाहुन् । उनले विभिन्न र क्लब र पोर्चुगलको राष्ट्रिय टोलीकालागि गरेको कुलआधिकारिक गोलसंख्या७७७पुगेको हो । त्यसक्रममाउनले पोर्चुगलको राष्ट्रिय जर्सीमा १ सयतीन, स्पोर्टिङ सीपीबाट पाँच, म्यानचेस्टर युनाइटेडबाट १ सय १८, रियल मेड्रिडबाट ४ सय ५१ र युभेन्ट्सबाट १ सयगोल गरेका छन् । यो रोनाल्डोले लगाउने आइकनिक र चर्चित ७नम्बरको जर्सीको तीन जोडी अंकसमेत हो ।

शनिबार राति सिरी ए लिगमा ३७औं साताको खेलमायुभेन्ट्स र इन्टर मिलानबीचको भिडन्तकाक्रममा रोनाल्डोले एक गोल गरेका थिए । सो गोल उनकालागिकरिअरको ७ सय ७७औं गोल थियो । रोनाल्डो फुटबल इतिहासमै सबैभन्दा धेरै अफिसियलगोल गर्ने कीर्तिमानी खेलाडीसमेत हुन् । रोनाल्डोका लागि यो विशेष अवसर र संयोगसमेत बनेको छ ।

उक्तगोलपछि क्लबयुभेन्ट्स, पोर्चुगलको राष्ट्रिय टोलीले पनि रोनाल्डोलाई ७७७गोलकालागिबधाई दिएका छन् । सातनम्बरलाई आफ्नो भाग्यशालीनम्बर बनाएका रोनाल्डोको सीआर ७ नामबाट विभिन्नपोशाक र अन्डर गार्मेन्ट्स व्यवसायपनि सञ्चालनमा छन् । जारी सिजनभने रोनाल्डोले क्लब र देशकालागि सबैखाले प्रतियोगिताबाट ४० गोल पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्