बनेपामा सुुरु भयो ‘भोमी कोभिड डेडीकेटेड’ अस्पताल



मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिकामा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या थपिदै गए पछि नगरपालिकाले भोमी अस्पतालसँग सम्झौता गरी भोमी कोभिड डेडीकेटेड अस्पताल संचालनमा ल्याएको छ । आईतबार बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले अस्पतालको शुभारम्भ गर्नु भयो । कोभिड १९ को संक्रमण फैलिँदै नियन्त्रण बाहिर गए पछि बनेपा नगरपालिकाले आईसोलेसनको अलावा कोभिड डेडीकेटेड अस्पताल संचालनका लागि सम्झौता गरेको थियो । अस्पताल उद्घाटन पछि नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगरवासिहरुको स्वास्थ्य पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले आईसोलेसनसँगै अस्पताल शुरु गरेको बताउनु भयो ।

‘महामारी नियन्त्रण गर्न नगरपालिका एक्लैको प्रयासले सम्भव छैन’–नगर प्रमुख बादेले भन्नुभयो–‘सबैको प्रयासमा रोकथाम, नियन्त्रण र ब्यवस्थापन गर्दा मात्रै महामारीबाट नागरिक बचाउन सम्भव छ ।’ अस्पताल गुणस्तरीय सेवा तथा नागरिकमैत्री हुने कुरामा शंका नगर्न नगर प्रमुख बादेले अनुरोध गर्नु भयो । अस्पताल शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नगरपालिकाले संकटको बेला शुभराम्भ गरेको अस्पतालबाट नागरिकहरुले यथोचित लाभ लिन सक्ने बताउनु भयो । महामारी नियन्त्रण बाहिर गईरहेका बेला नागरिकहरुको उपचारका लागि स्थानीय तहबाट भएको प्रयासले नागरिकहरुमा जीउने आशा जगाउने बताउनु भयो ।

अस्पताललाई आवश्यक पर्ने अक्सिजन लगायतका सामाग्रीमा सहजिकरण गर्ने उहाँले बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले नागरिकहरुका लागि कोभिड अस्पतालले राहत दिने बताउनु भयो ।‘बनेपा नगरपालिका तथा भोमी अस्पतपाल बनेपा बचि कोभिड डेडीकेटेड अस्पताल संचालन गर्ने सम्वन्धी सम्झौता गरी संचालनमा ल्याएका छौं’ –बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले भन्नुभयो–‘नगरपालिकाले मासिक कर बाहेक १३ लाख रुपैया अस्पताललाई कोभिडका विरामीहरुको उपचार गराए बापत उपलब्ध गराउने छ भने अक्सिजन रिफिल गर्ने कार्यमा समन्वय र सहजिकरण गर्नेछ ।

नगरपालिकाका स्थानीयहरुका लागि छुट्टयाईएको बेडको संख्या अनुसार नगरपालिकाले सिफारिस गरी विरामीहरु अस्पतालमा पठाउनेछ ।’ सोहि कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय कार्यकारीणी सदस्य सुरकृष्ण बैद्य, वडा अध्यक्ष चन्द्रबहादुर खड्का लगायतले अस्पतालले संकटमा नागरिकहरुलाई राहत दिने बताउनु भयो । बनेपा नगरपालिकाको अनुमतिमा १५ शैया र स्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा थप १० बेड गरी २५ शैया संचालन गर्ने अस्पतालका प्रवन्ध निर्देशक सगुना कायश्थले बताउनु भयो । अस्पताल संचालनका लागि १० करोड लगानी भईसकेको छ ।

कोभिड अवधीका लागि सम्झौता गरेको अस्पतालमा अन्य खालको उपचार हुने छैन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयलले तोकेको अधिनमा रही शुल्क लिने र तोकिएको गुणस्तर निश्चित अस्पतालले गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । अस्पतालले ४ बेड आईसियु, ६ वटा अक्सिजन सपोटेड बेड नगरपालिकाको सिफारिसमा उपलब्ध गराउनेछ भने विरामीलाई आवश्यक परेमा भेन्टिलेटरमा उपचार गर्ने ब्यवस्था मिलाउनेछ । जनशक्ति उपकरण र प्रयोगशाला अस्पतालले ब्यवस्था मिलाउनेछ ।

बनेपा नगरपालिकाको स्थानीय तहमा संस्था दर्ता अनुमति तथा नविकरण सम्वन्धी निर्देशिका २०७८ बमोजिमका सबै मापदण्ड अस्पतालल पुरा गर्नु पर्ने, नगरपालिकाबाट सिफारिस गरिएका विरामीहरुको उचित रुपमा स्याहार तथा रेखदेख गर्ने, औषधी, प्रयोगशालामा हुने परीक्षण शुल्क विरामीले ब्यहोर्ने लगायतका शर्तहरुमा सम्झौता भएको छ । नगरपालिकालाई नियमित रुपमा अस्पतालले प्रतिवेदन पेश गर्ने गरी सम्झौता भएको छ । नगरपालिकाले विरामीको प्रकृति हेरेर आईसोलेसन वार्ड, अस्पतालमा रिफर गर्नेछ । बनेपामा शिर मेमोरियल अस्पतालमा ३० शैयाको कोभिडका विरामीको उपचार शुरु गरिएको छ । आईसियु र भेन्टिलेटर सहितको नगरपालिकाले शुरु गरेको जिल्लामै यो पहिलो हो । ५० शैयाको आईसोलेसन र अस्पताल मार्फत कोभिडका विरामी उपचार गरिने उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्