कोरोनाबाट आज थप २०३ जनाको मृत्यु, ८५२० मा संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २०३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४६६९ हजार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

त्यस्तै, एक लाख ७ हजार ३३६ संक्रीय संक्रमित रहेका छन् । जसमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् भने एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस्