एट्लेटिको ‘लालिगा’उपाधि नजिक



लन्डन, (एजेन्सी)

एट्लेटिको मेड्रिड स्पेनिस ‘लालिगा’ फुटबलको उपाधिनजिकपुगेको छ ।बुधबार रातिभएको लिगको ३६औं साताको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलअन्तरले हराउँदै उपाधिजित्ने सम्भावनालाई थपबलियो बनाएको हो । आफ्नो घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा एट्लेटिकोलाई जिताउनदुई जना खेलाडीले पहिलो हाफमागोल गरेका थिए । खेलको १६औं मिनेटमा यानिक कारास्कोले पहिलो गोल गरेका थिए ।

त्यसपछि, खेलको २८औं मिनेटमा एट्लेटिकोले अग्रता दोब्बर बनायो । यसपटक एन्जल कोरेरियाले लो सटमा गोल गरेपछि घरेलु टोली खेलमा २–० ले अघि भयो । त्यसपछि, दोस्रो हाफको अन्तिम समयमा सोसिडाडले एक गोल फर्कायो । खेलको ८३औंमिनेटमा इगोर जुबेल्डियाले गोल गरेपछि एट्लेटिको मेड्रिडको जित २–१ मा समेटियो । यो जितपछि शीर्ष स्थानमा रहेको एट्लेटिकोले शीर्ष आफ्नो दावेदारीलाई थपमजबुतपारेको छ ।

एट्लेटिकोको खातामा ३६ खेलपछि कुल ८० अंकभएको छ । उपाधिजित्नकालागि एट्लेटिकोले बाँकीदुई खेलमध्ये एक खेल जितेर एक खेल बराबरी गरे पर्याप्तहुनेछ । तर, कुनै एक खेलमा पराजितभएमाभने उपाधियात्रामा रियल मेड्रिड बाधकबन्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्