एसी मिलानको नयाँ जर्सी



रोम, (एजेन्सी)

इटालियन सिरी ए क्लब एसी मिलानले नयाँ जर्सी सार्वजनिक गरेको छ ।मिलानले मंगलबार पुमा कम्पनीले तयार पारेको नयाँ डिजाइनको क्लब जर्सी सार्वजनिक गरेको हो ।

मिलानले २०२१–२२ को सिजनमा उक्त नयाँ डिजाइनको जर्सी लगाएर खेल्नेछ । सावर्जनिक गरिएको सो जर्सी उर्जा, सिर्जनशिलता र मिलान शहरको स्वरूप झल्किने गरि डिजाइन गरिएको क्लबले जनाएको छ । जर्सीमा ‘मुभ लाइक मिलान’ ट्याग लाइन राखिएको छ ।
पुरानो डिजाइनमा थोरै परिवर्तन गरी रातोलाई मुख्य रङ्ग दिएर लामो आकारमा कालो धर्साहरू प्रयोग गरिएको छ ।

यो जर्सी पहिलोपटक मिलानको महिला टोलीले मे १६ मा सासुओलोबिरुद्ध खेल्दा लगाउने बताइएको छ । त्यसको भोलिपल्ट काग्लियारीबिरुद्ध हुने खेलबाट भने पुरुष टिम पनि नयाँ जर्सी लगाएर मैदानमा उत्रनेछ ।

प्रतिक्रिया दिनुहोस्