गाडी भित्र बालिका बलात्कारको प्रयास



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले लगाएको निषेधाज्ञामा स्कर्पियो गाडीमा घर लगिदिने भन्दै जंगलमा पु¥याई १५ बर्षिया बालिकालाई बलात्कारको प्रयास भएको छ । बालिका बलात्कार गर्न खोज्ने युवक र उनले प्रयोग गरेको गाडीलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ घर भई बनेपा डेरा गरी बस्ने वर्ष २५ का विराज कार्की छन् । उनले प्रयोग गरेको स्मार्ट पालिका लेखिएको स्र्कपियो बा २० च ५४८३ नम्वरको गाडी समेत नियन्त्रणमा लिईएको छ ।

त्यहि गाडी जंगलमा पु¥याई गाडी भित्र बालिकालाई जर्बजस्ति करणीको प्रयास गरिएको थियो । बनेपाबाट पनौती पु¥याईदिन्छु भन्दै काठमाडौ जाने सडक हुँदै बनेपा ११ सिनागाल स्थित शारदादेवी सामुदायिक वनमा पु¥याई चालकले बलात्कारको प्रयास गरेका थिए । ‘पनौती नगरपालिका ५ सुब्बागाउँबाट बनेपामा मजदुरी गरेको पैसा लिन आएर फर्कदैँ थिए’–पीडित बालिकाले भन्नुभयो–‘बनेपाबाट घर पु¥याईदिन्छु भन्दै मलाई गाडी चढ्न कर गरे । उनले स्मार्ट पालिका लेखेको स्र्कपियो ल्याएका थिए । मैले हिडेरै जान्छु भनें तर उनले पु¥याई दिन्छु भन्दै कर गरे । होला नि त भन्ने विश्वासमा गाडी चढें । पनौती जाने मान्छे गाडी जनागाल तर्फ मोडे ।

मैले किन यता भन्दै थिएँ सानो काम छ फर्किहाल्ने भन्दै उता लगे । अपाङ्गअस्पताल हुँदै माथी जंगलमा पु¥याए । गाडी भित्रै मलाई जर्बजस्तिको प्रयास गरे । शरिरका संवेदनशिल अंगहरुमा जर्बजस्ति गरे । मैले तपाईले के गर्न खोज्या हो म सहमत छु तर मलाई एक पटक पिसाव गर्न दिनुस भनें । उनले शुरुमा मान्दै मानेनन । म रुन थालें उनले गाडीकै मुनी पिसाव गर्ने शर्तमा आफैले लक गरेर राखेको ढोका खोलिदिए । त्यहि बेला पिसाव गरे जस्तो गरी म भागें ।’ ईलाका प्रहरी कार्यालय बनेपामा आमासँग उजुरी दिन आएकी बालिकाले भन्नुभयो–‘रुदै रुदै भाग्न थालें ।

उ पछि पछि आएको थियो । म भाग्दै आएको देखेर उ फर्किएर गाडी लिएर भाग्यो । म गाउँमा आई पुगेपछि स्थानीयहरुले देख्नु भयो । वडा अध्यक्ष शिवकुमार थापा सहितको टोलीले मलाई प्रहरी बोलाएर सुरक्षाको प्रयास ग¥यो । केहि स्थानीयहरु मोटरसाईल लिएर उसको खोजीमा लागेछन् । उ जंगलै जंगलको बाटो भागेर प्रहरीको बाटो छल्ने प्रयास गरेको रहेछ । वडा अध्यक्ष सहितको प्रयासले उ पक्राउ प¥यो ।’

वडा अध्यक्ष शिवकुमार थापाले बालिका रुदै कराउँदै आए पछि उनको उद्दार गरी गाडी सहित युवकको खोजी गरी प्रहरीको सहयोगमा पक्राउ गरिएको बताउनु भयो । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बालिकालाई बलात्कार गर्न खोज्ने युवकलाई गाडी सहित पनौतीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको बताउनु भयो । बालिकाको आमाले सोमबार नै इलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दिनु भएको छ । स्थानीय युवाहरुको सक्रियतामा बालिकाको उद्दार गरी युवक पक्राउ परेका हुन् । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले अपराधमा संलग्नलाई कानुन अनुसार कारवाही हुने बताउनु भयो ।

क्याप्सन :  बलात्कारको प्रयास गरिएको स्मार्ट पालिका लेखिएको स्र्कपियो । बालिकालाई घरमा पु-याई दिन्छु भन्दै युवकले जंगलमा पु-याएर जर्बजस्ती करणीको प्रयास गरेका थिए ।

तस्विर : मोतीराम तिमल्सिना

प्रतिक्रिया दिनुहोस्