काठमाडौं ।
बढ्दो शैक्षिक खर्च, बेरोजगारी र महँगो आवासको विरोधमा युरोपका फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा विद्यार्थी आन्दोलन चर्किएको छ।
प्रदर्शनकारीहरूले शिक्षा बजेट वृद्धि, विद्यालयको अवस्था सुधार, सस्तो आवास र होस्टेलको व्यवस्था गर्न माग गरेका छन्। केही देशमा प्रदर्शन हिंसात्मक बन्दा सरकारी भवनमा आगजनी, तोडफोड र प्रहरीसँग झडप भएका छन्।
फ्रान्स र बेल्जियममा प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा मानिस पक्राउ परेका छन् भने अल्बानियामा विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।
ग्रिसमा विद्यार्थीहरूले संसद् भवन अगाडि टेन्ट टाँगेर धर्ना दिएका छन् भने इटालीमा राष्ट्रव्यापी हड्तालको घोषणा गरिएको छ।
स्पेनमा बढ्दो घरभाडा र आवास सङ्कटविरुद्ध प्रदर्शन भइरहेको छ। सरकारले विभिन्न माग सम्बोधन गर्ने बताए पनि शिक्षा, रोजगारी र आवाससम्बन्धी समस्या समाधानका विषयमा आन्दोलन जारी छ।











प्रतिक्रिया