नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई तीन दलकाे आग्रह



न्युज अफ नेपाल, काठमाडौं ।

ओली सरकार ढलेसँगै विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा अपील गरेका छन् । उनीहरुले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्