इन्टरको सफलतामा मुख्य स्ट्राइकर लुकाकु



मिलान, (एजेन्सी)

इन्टर मिलानले सिरी ए उपाधि जितेर११ वर्षे लामो समयको उपाधि खडेरी समाप्त गर्दा रोमेलु लुकाकु टिमको सफलताका मुख्य स्ट्राइकर साबित भएका छन् ।बेल्जियन स्ट्राइकर लुकाकुलाई अगस्ट २०१९ मा इन्टरमिलानमा७४ मिलियन पाउन्डमा अनुबन्ध गरिएको थियो । यस सिजनमाइटा लियन सिरी ए टिमका लागि उनको भूमिका मुख्य रह्यो । यानि कि उनी टिमकै मुटु बने ।लुकाकुको यो दोस्रो लिगउपाधिहो । यसअघि उनले २००९–१० सिजनमा बेल्जियनप्रो लिगमा जितेको क्लब ट्रफी पहिलो थियो ।

लुकाकुले प्रिमियर लिग टिम म्यानचेस्टर युनाइटेडमा २ वर्ष खेलेका थिए । त्यहाँउनले ९६ खेल खेलेर ४२ गोल गरेका थिए । तर, यसलाई राम्रो प्रदर्शन मानेका थिएनन् । यसैले,उनले युनाइटेड छाड्नु परेको थियो ।२७वर्षीय स्ट्राइकरले इन्टरमा आएर शानदार खेल देखाएर उनकाआलोचककामुख टालिदिए । उनले इकार्डीको स्कोरिङ रेटलाई पारसमेत गरेका थिए । साथै युभेन्टसको लगातार ९ वर्षको एकछत्र राजसमेत समाप्तपारिदिएउनले । लुकाकु इन्टरमा आउनु टिमको प्रदर्शनमा धेरै फरक आएकोछ ।

२०१८–१९ मा इन्टर र च्याम्पियनयुभेन्टसबीचको अंक दुरी २१ को थियो । लुकाकुको आगमनपछि इन्टरलाई अक्सिजनमिलेको थियो । गतसिजनमा इन्टरले युभेन्टसलाई झण्डै उपाधिबाट विमुख गरिसकेको थियो । तर, एक अंकले पछि पर्दै दोस्रो स्थानमाचित्तबुझाउनु परेको थियो । यसपटक यस्तो भएन इन्टरले युभेन्टसको एक छत्र राजसिध्याइदियो ।

लुकाकुलाई पार्टनर मिल्यो

पछिल्ला टिमहरू एभर्टन र युनाइेडमा लुकाकु एक्लो स्ट्राइकरको रूपमा परिचालनभएकाथिए । इन्टरमा आएपछि उनले लाउटारो मार्टिनेजजस्ता स्ट्राइकर पार्टनर पाए ।यीदुवैको केमिस्ट्री उत्कृष्ट बनेपछि इन्टरको उपाधिपक्काभएको हो । यीदुवैले एक अर्कालाई १८ गोलकालागि एसिस्ट गरेका छन् । दुवैबीचकुल ८७गोल भएका छन् ।

नयाँ डाइट

लुकाकु इन्टर पुगेपछि स्पोर्टस साइन्स स्टाफले उनलाई ब्रेसाओला डाइट दिएका छन् । यो डाइटमा सेतो मासु र सागपात बढी रहेको हुन्छ । यसले शरीरलाई तन्दुरुस्तबनाउनुका साथै तौल घटाउने मद्दत गर्छ । युनाइटेडमा हुँदाउनी मोटो थिए । मोटोपनमाउनीआलोचितपनिबन्नुपरेकोथियो । तर, सान सिरोमा आइपुग्दानयाँ डाइटले उनको तौल घटाइदिएको छ । हालउनीस्लिम र फिट देखिएका छन् ।

लुकाकुले तौल घटाएपछि जारी सिजनको सिरी ए अन्तर्गत केही खेलमा काउन्टर एट्याकमागोल पनि गरे । उनले फेबु्रवरीमाभएको लाजियोविरुद्ध आफ्नो क्षेत्रबाट बल दौडाएर विपक्षीसम्म पु¥याएको गति हेर्न लायकथियो । इन्टरले यस सिजनमा काउन्टर एट्याकमा७गोल गरेको छ, जसमालुकाकुको योगदानमुख्य रहेको छ ।

प्रमुख खेलमालुकाकुको प्रदर्शन

युनाइटेडबाट खेल्दाप्रायजसो प्रमुख खेलमालुकाकुको प्रदर्शन खराब रहेको थियो । युनाइटेडका लागि शुरूवाती १६ खेलमा १ गोल र ४ एसिस्ट गरेका थिए । तर, उनको उक्त खराब प्रदर्शन इन्टरमा पुग्दा शुरूवातमा जारी रह्यो । उनले इन्टरको पहिलो सिजनमाच्याम्पियन्स लिग समूह छनोट चरणमा बार्सिलोनाविरुद्ध गोल गर्ने सुनौलो अवसर गुमाएकाथिए । यस्तै युरोपालिगमा सेभियाद्वारा फाइनल खेलमाहारको सामना गर्नुपरेको थियो ।

लुकाकुले यस सिजनमाती खराब प्रदर्शनमा सुधार गरेका छन् । उनले शुरूवाती १० खेलमा ८ गोल गरे । उनले शुरूवातीमामुख्य ६ प्रतिद्वन्द्वीटिम एसीमिलान, युभेन्टस, एटलान्टा, नापोली, लाजियो र रोमाविरुद्ध उत्कृष्ट खेलेका थिए ।उनले यस सिजनमा सबै जसो प्रतियोगितामा गरी इन्टरका लागि २७गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्