एन्फाडे यसपटक पनि स्थगित



नेपाल समाचारपत्र, काठमाडौं

हरेकवर्ष वैशाख २२ गते मनाउँदै आएको ‘एन्फा डे’अन्तर्गत अवार्ड कार्यक्रमअखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक कोरोनाका कारण स्थगित गरेको छ । बुधबार विज्ञप्ति प्रकाशितगर्दैएन्फाले कोभिड १९ ले उत्पन्नप्रतिकूलस्थितिका कारण सो ‘एन्फा डे’ को कार्यक्रमस्थगित गरेको जनाएको हो ।

एन्फाकाप्रवक्ता किरण राईद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार हाल देशमा कोभिड १९ को कारण प्रतिकूलअवस्थाउब्जेको हुनाले एन्फा डेको अवसरमा आयोजना गर्ने भनिएको पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी गराउँदछु । एन्फाले हालमहामारीको रूपमाफैलिएको कोरोना भाइरसबाट बच्न सरकारद्वारा सुझाइएका सबै सुरक्षा मापदण्डहरूपालना गर्न पनिआग्रह गरेको छ ।दुई वर्ष अघिदेखि एन्फा डे मनाउनथालिएको थियो ।

तर,गतवर्ष पनि कोभिड–१९कै कारण कुनै कार्यक्रमआयोजनाहुन सकेको थिएन । २०७६ सालमाएन्फाले खेलाडी र खेलसँग सम्बन्धितव्यक्तिलाई सम्मान गर्ने दिनको रूपमाएन्फा डे मनाउन शुरू गरेको हो । पहिलो पटक आयोजनाभएको उक्तवर्षको ‘एन्फा डे’मा पुरुषतर्फ जुमानु राई र महिलातर्फ अनु लामालाई सम्मान गरिएको थियो ।यसपछि लगातार दुई वर्ष एन्फादिवसमाहुनुपर्ने अवार्ड कार्यक्रम स्थगितभएको छ ।

प्रतिक्रिया दिनुहोस्