सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा



लन्डन, (एजेन्सी)

इङ्ग्लिस प्रिमियर लिगक्लबम्यानचेस्टर सिटी यूईएफाच्याम्पियन्स लिगको इतिहासमै पहिलोपटक फाइनलमाप्रवेश गरेको छ ।क्लब स्थापनाभएको १ सय ४१ वर्षमा सिटी पहिलोपटक युरोपियनच्याम्पियन्स लिग फुटबलको फाइनलमापुगेको हो । सिटीले सेमिफाइनलमाफ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि समग्रमा ४–१ को शानदार जितनिकाल्दै पहिलोपटक फाइनलमा स्थान तय ग-यो ।

मंगलबार रातिभएको सेमिफाइनलको दोस्रो लिगको खेलमा सिटीले आफ्नो घरेलु मैदानमापाहुना टोलीपीएसजीलाई २–० गोलअन्तरले हरायो । पहिलो र दोस्रो दुवै लिगको नतिजा जोड्दा सिटीले पीएसजीलाई समग्रमा ४–१ ले हराउँदै उपाधिनजिकपुगेको हो ।यससँगै सिटीका प्रमुखप्रशिक्षक पेप ग्वार्डिओलापनिप्रशिक्षकका रूपमा १० वर्षपछि बल्लच्याम्पियन्स लिगको फाइनलप्रवेश गर्न सफलभएका छन् । बार्सिलोनामा रहँदा अन्तिमपटक च्याम्पियन्स लिगउपाधिजितेका पेपले यसअघि सम्हालेको टिम च्याम्पियन्स लिगको फाइनलसम्मपुग्न सकेको थिएन।यसभन्दा अघि उनकै नेतृत्वमा सिटी चारपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलपुगेपनित्यसभन्दा अघि बढ्न सकेको थिएन ।

घरेलु टिम सिटीको जितमा रियादमहारेज नायक बनेका थिए । टिमका लागिदुवै गोलउनले नै गरे । उनले खेलको ११औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रतादिलाएकाथिए । उनले सिटीका गोलकिपरको लामो दुरीको प्रहारको फाइदा उठाउँदै राम्रो मुभमा सो गोल गरेका थिए । उनको प्रहारले पीएसजीकागोलकिपर केयलर नाभासलाई जिल्लपार्दै जालीचुमेको थियो ।त्यसपछि, सिटीका लागि दोस्रो गोल खेलको ६९औं मिनेटमा महारेजले नै गरेका थिए । सिटीको तीव्रगतिको मुभमाकेभिन डी ब्रुयेने र फिलफोडेनबीचको उत्कृष्ट तालमेलको मद्दतमा महारेजले डीबक्स भित्रबाट आकर्षक गोल गरेपछि खेलमा सिटीले २–० को अग्रताबनाएको थियो ।

सिटीको घरेलु मैदानमापाहुना टिम पीएसजी खेलको ६९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । टच लाइनमा सिटीका खेलाडीको खुट्टामाहानेपछि रेफ्रीले अर्जेन्टिनी खेलाडी एन्जल डि मारियालाई सोझै रातो कार्ड देखाएकाथिए । पटक–पटक तनाव र झडपका दृश्य देखिएको उक्त खेलमापीएसजी १० खेलाडीमा सीमित भएपछि झन् दबाबमा परेको थियो ।अन्ततःत्यसपछि खेलमादुवैतर्फबाट गोल नभएपछि सिटीले दोस्रो लिग २–० तथा समग्रमा ४–१ ले जित्यो । दोस्रो लिगमा सिटीले उत्कृष्ट रक्षात्मक खेल पस्किएको थियो । पीएसजीले खेलमा सिटीको भन्दा बढी आक्रमण बुनेको थियो । तर, सिटीका युवा खेलाडीको डिफेन्स लाइन खेलभरि नै पर्खाल बनेर उभिँदापीएसजीका नेयमार, माउरो इकार्डी, डि मारियाजस्ता खेलाडीको कुनै सिप नै चलेन ।

प्रतिक्रिया दिनुहोस्